बुटवलमा कांग्रेसको सुरुवाती अग्रता

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको हो । उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउदा राप्रपाका मृगेन्द्र कुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन । अहिलेसम्म उक्त वडाको २०० मत गणना भएको छ ।

वडा नं १ मा वडा अध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । पुतलि चिन्हमा ७० मत प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा एमालेले ५६ मत पाएर दोश्रो हुदा नेपाली कांग्रेसले ३४ मत पाएर तेश्रो स्थानमा छ । २०७४ को स्थानीय निर्वाचनमा उक्त वडामा वडा अध्यक्ष पदमा नेकपा एमालेका महेन्द्र लिगल बिजयी भएपनि नगरप्रमुख पदमा भने बुटवलका १९ वडा मध्ये सबैभन्दा ठूलो मतान्तरले एमाले पछि परेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *