मताधिकारबाट बन्चित भए बाराका सन्देश, मतपत्र च्यातियो

बारा । स्थानीय तहको निर्वाचनमा बाराका एक जना मतदाता मताधिकारबाट बन्चित भएका छन् । बाराको निजगढ नगरपालिका वडा नम्बर २ का सन्देश घिमिरे मताधिकारबाट बन्चित भएका हुन ।

करिब ३ बजे निजगढ नगरपालिका-२ स्थित लोकप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका घिमिरेले मतपत्र लिएर गोप्य मतदान गर्न गए, तर उनको हात कामेकाले उनले नजिकै रहेका सुशील थापालाई हात कामेको बताए । थापाले चिनजान भएका घिमिरेको मतपत्र लिएर सहयोग गर्ने प्रयास गरे तर त्यहाँ रहेका व्यक्तिले हुँदैन एकाघरका व्यक्ति चाहिने भन्दै बिरोध गरे ।

मतपत्र खाली नै थियो थापाले मतपत्र घिमिरेलाई फिर्ता दिए । त्यसपछि स्थानीयले दुबैको मतपत्र खारेज गर्न माग गरे । थापाले भने मतपेटिका बाकसमा मतपत्र खसाइसकेका थिए । स्थानीयहरू एक आपसमा विवाद गरिएहेको अवस्थामा नगेन्द्र श्रेष्ठ (बाबु)ले घिमिरेको हातबाट मतपत्र खोसेर मतपत्रनै च्यातेर फालिदिए । घिमिरेले आफ्नु अमूल्य मत दिन पुनः मतपत्र माग गरे, तर दिइएन।

यता प्रहरीले घिमिरेलाई सहयोग गर्ने थापालाई नियन्त्रणमा लिए र निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाए । तर, मतपत्र च्यात्नेलाइ भने छोडे । सामान्य सोधपुछपछि निर्वाचन अधिकृत शम्भु बरालले उनलाई छोडिदिए भने आफ्नो मत दिन गएका घिमिरे भने मतदान नै गर्न नपाइ घर फर्किए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *