मनहरी १ मा कांग्रेसका खनाल विजयी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएको हो ।

खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए । १ नम्बर वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । उनीसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाग, साबित्री घिमिरे विजयी भएका छन् ।

१ नम्बर वडाको मतगणना गरिसक्दा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ९ सय ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *