मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशतअर्थात् एक हजार ५९८ मत खसेको थियो ।

घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेवार विजयी भएका छन् । घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *