रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

काठमाडौँ । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ । गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिएका छन् ।

गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिएका छन् । उनका अनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *