सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी

सन्धिखर्क । हिजो सम्पन्न स्थानीय निर्वाचनमा सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी भएका छन । सन्धिखर्क नगरपालिकामा हिजो भएको मतदानबाट बिपक्षी भन्दा झन्डै ३०० मतभन्दा बाढी अर्थात १२४६ मत ल्याएर माधव विजयी भएका छन । यसपटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र गठबंधनका पक्षमा लहर नै चलेका कारण र माधवले स्थानीय तहमा गरेको कडा परिश्रम पनि विजयको आधार हो । नेपाली कांग्रेस अहिलेसम्म विजय हासिल गर्न नसकेको यो ठाउँमा विजय हासिल गर्न सफल हुनुको पछाडी मेरो लगन, कांग्रेसको अथक मिहिनेत र वडाका सम्पुर्ण जनताले गर्दा म विजय भएको हुं भन्ने माधवको बुजाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *