सिगास १ मा कांग्रेसका ऐरी विजयी

काठमाडौँ । बैतडीको सिगास गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् ।

पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले विजयी भएका ऐरी यसअघिको चुनावमा धामीसँगै पराजित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *