काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका रहेका छन् ।

आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६०१ मत प्राप्त गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार रामशरण ढुंगानाले अग्रता लिएका छन् । उनले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राज कुमार नकर्मीले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६२० मत प्राप्त गरेका छन् । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार उद्धव विशष्ट १ हजार ८०२ मतका साथ अग्र स्थानमा छन् । यस्तै, चन्द्रागिरी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउतले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार २३ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकाको प्रमुखमा १ हजार ४०२ मतका साथ एमालेका उम्मेदवार प्रकाश अधिकारी अग्र स्थानमा रहेका छन् । तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रामेश्वर बोहराले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८७ मत प्राप्त गरेका छन् । दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ९४९ मत प्राप्त गरेका छन् । नागार्जुन नगरपालिकाको प्रमुखमा २८७ मतका साथ कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत अग्र स्थानमा छन् ।

बुढानिलकण्ड नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिएका छन् । उनले २ हजार ५८ मत प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *