काठमाडौं महानगरमा बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक मत परिणामअनुसार बालेन शाह २८ सय २८ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १४ सय ३८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० पाएकी छिन् ।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २८ सय ८४ मत पाएकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आठ सय २३ मत ल्याएका छन् । अहिले ६ वटा ठाउँबाट मत गणना भइरहेको छ । मेयरतर्फ अन्यमा कलम १२, तराजु ४२, हलो २७६, खड्ग ५, सुगा १, तीर ७ , साँचो १, किताब ४, मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्यालले २७७ मत पाएका छन् ।

उपमेयरतर्फ छाता १, तराजु १२९, हलो ६७०, मादल १, हसिया र तारा ४, चक्का (पाग्रों) २, कमलको फुल ३, मुटु २, खड्ग १, लौरो ३३७, क्याप १९ र आखिझ्यालले २९६ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *