आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

काठमाडौं । यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनास्थलमा राखिएका सीसीटिभी क्यामेरा र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टममार्फत अनुगमन थालेको हो । तथ्यांक प्रवृष्टका लागि आयोगले छुट्टै सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । जसबाट मतगणनास्थलमा राखिएका सीसीटिभीमार्फत आयोगले अनुगमन थालेको हो ।

आयोगको कार्यालयमा स्थापना भएको भिडियो कक्षमा कर्मचारीहरूले चौबीसै घन्टा अनुगमन थालेका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तीन सयभन्दा बढी मतगणनास्थलबाट यसरी अनलाइनमार्फत अनुगमन भइरहेको हो । आयोगमा स्थापना भएको कक्षमा एकै पटक ९६ मत गणनास्थलको मत गणना हेर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले यस प्रकारणको प्रणालीमार्फत अनुगमन थालेको नेपालको निर्वाचन इतिहासमा पहिलोपटक भएको प्रवक्ता पौडेलले बताए ।

आयोगले ७५३ वटै पालिकाका मतगणनास्थलमा सीसीटिभी जडान गरिएका छन् । जसमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अनुगमन गरिरहेका छन् । मतगणनामा कुनै विवाद आएमा तथा सुरक्षा दृष्टिलाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो ।

निर्वाचन आयोगले मतगणनास्थलको सुरक्षा व्यवस्थालाई चुस्त, दुरूस्त पार्न सीसीटिभी क्यामेरा जडान गर्न भनेको थियो । सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडान गरेको हो । सोही जडान गरिएको सीसी क्यामेरामार्फत नै आयोगको केन्द्रीय कार्यालयमा रहेका सूचना प्रणालीमार्फत आयोगले अनुगमन गरिरहेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *