कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन : मतदान

काठमाडौँ । जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुनस् मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियो । फेरी झडपको स्थिति नहोस् भनेर मतदान स्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ । यहाँ झण्डै एक मतदाता एक सुरक्षाकर्मीको अवस्था छ ।

प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टिम मतदान स्थलमा पुगेको छ । निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म एक सय ८८ मत खसिसकेको छ ।

आजको निर्वाचन भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए । एक हजार सात मतदाता रहेको यस केन्द्रमा ३० वैशाखमा तीन सय २० मत खसिसकेपछि स्थगित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *