रसुवाको कालिका २ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । रसुवाको कालिका गाउँपालिका २ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले ७ सय ६६ मत ल्याए । महिला सदस्यमा किप्पा थोक्रा, दलित महिला सदस्यमा लिला नगर्जी, खुला सदस्यमा किप्पा छिरिङ स्याङ्बा र शेर बहादुर ग्लान विजयी भएका छन् । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेले विजयी हासिल गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *