लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याए । माओवादी गठबन्धनसहित चुनावमा होमिएको थियो ।

एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ ३९५ मत, दलित महिला सदस्यमा गंगामाया विक ३८५ मत, खुला सदस्यमा निर्मलजंग गुरुङ ३९ मत र हेमजंग गुरुङ ३८८ मतसहित विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *