नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुन्छ : मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताएका छन् । २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुई देशबीचको साझा प्रेम नै मुख्य पुँजी भएको बताएका हुन्हो । यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन सकिने बताए ।

नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री मोदीले पहिला पनि वैशाख पूर्णिमामा निमन्त्रणा पाउँने गरे पनि आज मात्रै आउन सकेको बताए । मायादेवी मन्दिरको दर्शन अविश्मरणीय रहेको र यो पवित्र ठाउँ जहाँ भगवान बुद्धले जन्म लिए यहाँको उर्जा र चेतनाको अनुभूति फरक पाएको उनले बताए ।

सन् २०१४ मा बोधी वृक्षको बिरुवा पठाएका मोदीले अहिले विकसित भएर वृक्ष बनेको छ । उनले नेपाल रामविना पनि अधुरो हुने बताउँदै भारतमा बन्दै गरेको राम मन्दिरका कारणा नेपाली हर्षित भएको विश्वास व्यक्त गरे । नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुने बताउँदै उनले नेपाल विश्वकै सबैभन्दा उच्च पर्वत सगरमाथा मात्रैको देश नभई, पवित्र तिर्थ र मन्दिर, प्राचिन सभ्यता, मठमन्दिर सम्हालेर राख्ने देश पनि भएको बताए ।

नेपालमा जन्मेकी सीता र भगवान गौतमबुद्ध भारतसँग प्रत्यक्ष सम्बन्ध रहेको बताए । भगवान बुद्ध लुम्बिनीमा सिद्धार्थको रुपमा जन्मेका र बुद्ध जयन्तीको दिन भारतको बोधगयामा ज्ञान प्राप्त गरेकोले नेपाल भारत दुवै ठाउँमा सम्बन्ध बनाएको उनले बताए । नेपाल(भारतको सम्बन्ध हिमाल जस्तै अटल र हिमाल जस्तै पुरानो छ रहेको उनको भनाइ छ । उनले भने, बुद्ध बोध र सोध हो, बुद्ध विचार पनि हो र बुद्ध संसकार पनि हो । बुद्ध विशेष हुनुको कारण उपदेश मात्रै दिनु होइन् उनले मनावताको अनुभूति, चरम सेवा सुविधा त्याग्ने साहस हो ।

प्राप्तिभन्दा पनि धेरै महत्व त्यागको हुने उनको भनाइ छ । त्यागबाट नै प्राप्ति पूर्ण हुने भएकोले बुद्ध विचार र सभ्यता बनेको हो । उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भयो, सेही दिन बोधगयामा ज्ञान प्राप्त भयो र यही दिन कुशीनगरमा महापरिनिर्वाण भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *