लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

काठमाडौँ । लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी एमालेकी कृष्ण गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद आचार्यले बताए ।

वडा १ मा कांग्रेसका दुर्गामान गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ सय ८१ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याएका छन् । वडा २ मा माओवादी केन्द्रका अमर गुरुङ ६ सय ६८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याएका छन् ।

वडा ३ मा स्वतन्त्रका श्याम गुरुङ २ सय २८ मतका विजयी भएका छन् । निकटम माओवादी केन्द्रका उम्मेदवार औतराम तमाङले २ स २४ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् । वडा ४ मा कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङ ४ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी एमालेका प्रीतम गुरुङले २ सय ४० मत ल्याएका छन् ।

वडा ५ मा एमालेका दलबहादुर गुरुङ ४ सय ८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर गुरुङले ३ सय ४३ मत पाएका छन् । वडा ६ मा कांग्रेसका मनिष गुरुङ ७ सय ४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६ सय ११ मत प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *