हरिपुरको मेयर र उपमेयरमा कांग्रेसका पंजियार र यादव विजयी

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त मतपरिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी भएका छन् । पंजियार ६९३८ मत प्राप्त गरी भारी मतान्तरले विजयी भए । यस्तै, उपमेयरका नेपाली कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव विजयी भईन । उन्ले ५५८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय हरिपुरले जनाएको हो ।

यस्तै, मेयर पदका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का सुनिल कुमार बुढाथोकीले ३८८७ मत प्राप्त गर्दै पराजित भए भने उपमेयरको निकटतम प्रतिस्पर्धीमा नेकपा-एकिकृत समाजवादी)की शिला कार्कीे ४०७६ मतसहित दोस्रो स्थानमा रहिन । नेकपा-एकिकृत समाजवादी)बाट उमेद्वारी दिएका निवर्तमान मेयर जमिरुदिन मन्सुर २८०५ मतसहित तेस्रो स्थानमा देखिए । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जितेका थिए ।

वडातर्फ तीन वडामा नेपाली कांग्रेस, दुई वडामा माओवादी केन्द्र, दुई वडामा एमाले, दुई वडामा नेकपा(एकिकृत समाजवादी)ले जित हात पारेका छन् ।

वडामा विजयी उम्मेदवार
हरिपुर नगरपालिका–१, मा माओवादी केन्द्रका नानी बाबु थापा, २ नम्बर वडामा नेकपा एमालेका निल विक्रम थापा, ३ नम्बर वडामा माओवादी केन्द्रका लाल महमद शेष, ४ नम्बर वडामा एमालेका संजय प्रसाद साह, ५ नम्बर वडामा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी विजयी भएका हुन् ।

यस्तै, हरिपुर ६ नम्बर वडामा नेपाली कांग्रेसका प्रमहरी श्रेष्ठ, ७ नम्बर वडमा नेपाली कांग्रेसका मनोज कुमार चौधरी, ८ नम्बर वडामा एकिकृत समाजवादीका हरि बहादुर थापा र ९ नम्बर वडामा एकिकृत समाजवादीका विश्वनाथ राय विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *