चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी

काठमाडौ । चितवनका  सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको छ । जिल्लाका ९८ मध्ये २० वटा वडाको मत परिणाम सार्वजनिक गरिएको छ । पाँच दलीय गठबन्धनका उमेदवारले १२ वडामा जितेका छन् । नेकपा (एमाले) छ र राप्रपा दुई वडामा विजयी भएका छन् । पाँच दलीय गठबन्धनमा पनि नेपाली कांग्रेसले नौ र नेकपा (माओवादी केन्द्र)ले तीन वडा जितेका छन् ।

कांग्रेसले भरतपुर महानगरपालिका–१, २, खैरहनी नगरपालिका–१, २, ३, कालिका नगरपालिका–१, १० र रत्ननगर नगरपालिका–१ र २ मा जितेको छ । एमालेले इच्छाकामना–२, ६, कालिका–२, ११ र राप्ती–४ र ६ र माओवादीले इच्छाकामना–१, माडी–१ र ९ मा जितेको छ । राप्रपाले माडी–१ र ८ मा जितेको छ ।

भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका–१ को अध्यक्षमा कांग्रेसका केशव महर्जन १३ सय ९७ मत ल्याएर निर्वाचित भए । निकटम प्रतिस्पर्धी एमालेका शुक्रकुमार श्रेष्ठले १३ सय १३ मत ल्याएर पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । भरतपुर–२ को अध्यक्षमा पनि कांग्रेसकै उमेदवार मनोज रानाभाटले २ हजार ९९ मत ल्याएर निर्वाचित भए । रानाभाटले निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर केसीलाई ३४ मतान्तरले पराजित गरेका हुन् । एमालेका केसीले २ हजार ६५ मत ल्याएका थिए ।

रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिका–१ मा कांग्रेसको प्यानल नै निर्वाचित भयो । वडा अध्यक्षमा कुलप्रसाद सापकोटा निर्वाचित भए । सापकोटाले ९१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालीग्राम पराजुलीले ६८६ मत ल्याए । यस वडामा माओवादी र एकिकृत समाजवादीले पनि उमेदवारी दिएको थियो । रत्ननगर–२ मा पनि कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा राजेन्द्र प्रसाद घिमिरेले ९२९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद डोटेलले ६६० मत मात्रै प्राप्त गरे । अध्यक्षमा उमेदवारी दिएका माओवादी र समाजवादीका उमेदवार पनि पराजित भए ।

इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालिका–१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर (६३९) निर्वाचित भए । एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याएपनि निर्वाचित हुनका लागि पर्याप्त भएन । गिरी १० मतान्तरले पराजित भए । उनी निर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यहरुमा सबै एमालेका उमेदवार निर्वाचित भए । 

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो । अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे ।  इच्छाकामना–३ को अध्यक्षमा एमालेका नर बहादुर नेपाल निर्वाचित भए । नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए ।

राप्ती नगरपालिका
राप्ती नगरपालिका–४ को अध्यक्षमा केदार प्रसाद आचार्य १३ सय ५० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपीकृष्ण बर्ताैलाले १२ सय १२ मत ल्याएका थिए । सदस्यमा मिश्रित परिणाम आएको छ । राप्ती–६ को अध्यक्षमा एमालेका जल्लु महतो थारुले १८ सय १६ मत ल्याएर पुनः निर्वाचित भए । सदस्यमा एमालेकै ममिता कुंवर, राजकुमार तामाङ, सहदेव सेढाइ र जुनु विक निर्वाचित भए । अध्यक्षका उमेदवार कांग्रेसका बिक्रम चौधरीले ११ सय १३ मत प्राप्त गरे पनि निर्वाचित हुन पर्याप्त भएन ।

माडी नगरपालिका
माडी नगरपालिका–१ को अध्यक्षमा राप्रपाका अमित लामा १४ सय ३३ मत ल्याएर विजयी भए । यसअघि वडा सदस्य भइसकेका लामाले निकटम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरीलाई ४९० मतान्तरले पराजित गरे । चौधरीले ९४३ मत प्राप्त गरे । माडी–२ को अध्यक्षमा माओवादी केन्द्रका डण्डपाणी पौडेल निर्वाचित भए । ६३२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विजय गुरुङले ५३५ र एमालेका नारायण प्रसाद अधिकारीले ४७१ मत प्राप्त गरे । 

माडी–८ को अध्यक्षमा राप्रपाकै विरेन्द्र बहादुर भण्डारीले ६५४ मत ल्याएर विजयी भए । भण्डारीले निकटम प्रतिस्पर्धी एमालेका उमेदवार कृष्णराज अधिकारीलाई ६५ मतान्तरले पराजित गरे । निवर्तमान वडाध्यक्ष समेत रहेका अधिकारीले ५८९ मत प्राप्त गरे भने निर्वाचित हुनका लागि पर्याप्त भएन । माडी–९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडी एक हजार १८ मत ल्याएर निर्वाचित भए । दवाडीले निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीलाई ५१० मतान्तरले पराजित गरे । निवर्तमान वडाध्यक्ष समेत रहेका सुवेदीले ५०८ मत मात्रै ल्याएर लज्जास्पद हार व्यहोरे । 

खैरहनी नगरपालिका
खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणी प्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । 

खैरहनी–३ को अध्यक्षमा कांग्रेसकै पूर्णबहादुर गुरुङ ७७७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया घिसिङले ६९७ मत प्राप्त गरे पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । सदस्यमा मिश्रित परिणाम आएको छ ।

कालिका नगरपालिका
कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तविर स्याङतान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङतानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । कालिका–२ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित भए । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दन प्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गरे । दाहालले ९४९ मत ल्याएका थिए ।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नर जंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका धन विर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।कालिका–११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित भए । निकटम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याएपनि निर्वाचित हुनका लागि पर्याप्त भएन । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *