तनहुँमा २५ वडाको नतिजा सार्वजनिक, कुन वडामा कस्को विजेता

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र)ले तीन वडामा विजय हासिल गरेको छ ।

भिमाद –१ मा कांग्रेसका आले विजयी

भिमाद नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका दीपक आले एक हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडासदस्यमा भने एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

एमालेबाट महिला वडासदस्यले एक हजार ९६, दलित महिला वडासदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिनुभयो । कांग्रेसबाट महिला वडासदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

म्याग्दे–२ मा कांग्रेसका क्षेत्री विजयी

म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभयो । सदस्यमा कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा कांग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

म्याग्दे–४ मा कांग्रेसको प्यानल विजयी

म्याग्दे गाउँपालिका–४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपककुमार श्रेष्ठ एक हजार ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।प्रतिस्पर्धी एमालेका ज्योतिकुमार श्रेष्ठले तीन सय ३२ मत प्राप्त गर्नुभयो । खुला सदस्यमा डोलबहादुर सुनारले आठ सय १२, बमबहादुर मस्राङ्गीले सात सय ९७, महिला सदस्यमा बद्रीका भट्टराईले नौ सय २५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले नौ सय आठ मत प्राप्त गर्नुभएको छ ।

ऋषिङ–२ मा कांग्रेसको प्यानल विजयी

तनहुँको ऋषिङ गाउँपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा चार सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा कांग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडासदस्यमा जमुना माया दमैले चार सय ४९, सदस्यमा देविनबहादुर शाहीले चार सय ४८ र पहलसिं सारुले चार सय ५५ मत प्राप्त गर्नुभएको छ ।

ऋषिङ–३ मा कांग्रेसको प्यानल विजयी

ऋषिङ गाउँपालिका–३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर थापा आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको हो ।प्रतिस्पर्धी एमालेका बेलबहादुर आलेले दुई सय ३६ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा कमला थापाले आठ सय आठ, दलित सदस्य कविता घलेले आठ सय आठ, खुल्ला सदस्यले केशबहादुर आलेले आठ सय दश र मीनबहादुर थापा मगरले सात सय ७२ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ–१ मा कांग्रेसको प्यानल विजयी

घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रविचन्द्र घोरासैनी एक हजार एक सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले नौ सय १२ मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा कांग्रेसका मीना आलेले एक हजार एक सय नौ, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

शुक्लागण्डकी–१ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका रविचन्द्र पौडेलले एक हजार एक सय १३ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका रघुनाथ पौडेलले आठ सय ४२ मत प्राप्त गर्नुभयो ।

खुला वडासदस्यमा कांग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९, दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार एक सय दश र खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार एक सय तीन मत प्राप्त गरी विजयी हुनुभएको छ ।

शुक्लागण्डकी–२ मा वडाध्यक्षमा कांग्रेस विजयी

शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसका सुमनबहादुर रानाले नौ सय २५ मत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका तीर्थराज खनालले आठ सय ६६ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

शुक्लागण्डकी–३ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका–३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सचिन भुजेल आठ सय पाँच मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका राजन रिमालले चार सय ८० मत प्राप्त गर्नुभयो । खुला वडासदस्य विजय श्रेष्ठले छ सय २९, केशरबहादुर थापामगरले सात सय पाँच, महिला वडा सदस्य उमादेवी सुवेदीले सात सय १२ र दलित महिला वडासदस्यमा लक्ष्मी सुनारले सात सय सात मत प्राप्त गर्नुभयो ।

शुक्लागण्डकी–४ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका–४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्लागण्डकी नगरपालिकाको राजधानी मानिने दुलेगौडामा एमालेको उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । कांग्रेसका राजकुमार वाग्लेले सात सय ७८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुबहादुर रानाले छ सय ४८ मत प्राप्त गर्नुभयो ।

खुला वडा सदस्यतर्फ मदन श्रेष्ठ सात सय ८२ र महिप ज्वारचनले सात सय ७९ मत प्राप्त गरी विजयी हुनुभयो । महिला सदस्यमा मीठुमाया थापा मगर सात सय ९९, दलित महिला सदस्य मिना रोका सुनारले सात सय ८७ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

देवघाट–२ मा कांग्रेसको प्यानल विजयी

देवघाट गाउँपालिका–२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मीनबहादुर राना आठ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका हीराबहादुर थापा मगरले छ सय ७५ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा हुममाया खाँणले आठ सय २०, दलित महिला सदस्यमा बालकुमारी परियारले सात सय छ, खुल्ला सदस्यमा पोलबहादुर आलेले सात सय ८६ र यामबहादुर मगरले आठ सय १८ मत प्राप्त गर्नुभएको छ ।

एमालेले जितेका वडा
म्याग्दे–१ मा एमालेका वाग्ले विजयी

म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्लेले छ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गर्नुभयो । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गर्नुभयो । खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा छ सय ३८, नेकपा एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

म्याग्दे–३ को वडाध्यक्षमा एमाले विजयी

म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो । यसैगरी खुल्ला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–१ को वडाध्यक्षमा एमाले विजयी

बन्दीपुर गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठले नौ सय नौ मत प्राप्त गरी विजयी हुनुभएको छ । एमालेले अध्यक्ष र दुई वडा सदस्य समेत जितेको छ । प्रतिस्पर्धी माओवादीका भानुभक्त पोख्रेलले छ सय ८१ मत प्राप्त गर्नुभयो । कांग्रेसका इमनाथ खनालले छ सय ७६ मत प्राप्त गर्नुभयो ।

महिला वडा सदस्यमा एमालेका रोशन बराकोटी सात सय ९४, खुल्ला सदस्यमा एमालेकै डिलबहादुर रानाले सात सय २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । दलित महिला सदस्यमा नमाओवादीका कोशिला परियार विकले सात सय ५४ र खुल्ला सदस्यमा माओवादीकै प्रेमबहादुर शाहीले सात सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–४ मा एमालेको प्यानल विजयी

बन्दिपुर–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा एमालेका रवि श्रेष्ठ सात सय एक, भिम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घिरिङ–२ मा एमालेको प्यानल विजयी

घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी

देवघाट –१ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गर्नुभयो । खुला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो ।

देवघाट–४ मा एमालेको प्यानल विजयी

देवघाट –४ को वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मित्रलाल गुरुङ चार सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर गुरुङले तीन सय ६७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेका पुनमाया गुरुङले चार सय २२, दलित महिला सदस्यमा सपना सुनारले चार सय १६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले तीन सय ९३ र शुकबहादुर थापा मगरले चार सय २४ मत प्राप्त गर्नुभएको छ ।

भिमाद–३ मा एमालेको प्यानल विजयी

भिमाद नगरपालिका–३ मा एमालेको प्यानल विजयी भएको छ । एमालेले वडाध्यक्ष सहित सदस्य जितेको हो । पदमबहादुर सेन ठकुरी छ सय ३१ मत प्राप्त गरी विजय हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर थापाले पाँच सय चार मत प्राप्त गर्नुभयो । महिला वडासदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले पाँच सय ९०, खुल्ला सदस्यमा नारायण आलेले पाँच सय ७७ र वसन्तसिंह ठकुरीले पाँच सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भिमाद–२ मा एमालेको प्यानल विजयी

जिल्लाको भिमाद –२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार पाँच सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर थापाले छ सय ५६ मत प्राप्त गर्नुभयो ।खुला सदस्यमा मेखबहादुर थापाले एक हजार तीन सय ४१, प्रेम रानाले एक हजार तीन सय ९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार चार सय ७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार चार सय ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भानु–२ मा एमालेका त्रिपाठी

भानु –२ को वडाध्यक्षमा तीन मत अन्तरले एमालेका केशवराज त्रिपाठी विजयी हुनुभएको छ । उहाँले ६२२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका नवीनराज दाहालले ६१९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ छ सय ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा बराबर भएपछि लक्की ड्रबाट उहाँ गोलाप्रथाबाट विजयी हुनुभएको हो । दलित महिला सदस्यमा कांग्रेसका चनमाया बसेल छ सय ३८, खुला सदस्यमा कांग्रेसकै तुलबहादुर गुरुङ छ सय २४ र विवेक श्रेष्ठ छ सय २९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

माओवादीले जितेका वडा
आँबु–१ मा माओवादीको प्यानल विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा न माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गर्नुभयो । सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

ऋषिङ–१ को अध्यक्षमा थापा

ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुश थापा विजयी हुनुभएको छ । एमाले र माओवादीको गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी हुनुभएको हो । थापाले आठ सय ३१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गर्नुभयो । चार वडासदस्य भने कांग्रेसले जितेको छ । महिला सदस्यमा सविना रानाले आठ सय ४६, दलित महिला सदस्यमा आशा नेपालीले आठ सय ५८, खुला सदस्यमा धनबहादुर आलेले आठ सय ३३ र भीमबहादुर थापाले सात सय ८१ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी

तनहुँको आँबुखैरेनी–२ मा माओवादीले प्यानलसहित जित हासिल पारेको छ । वडा नम्बर २ को अध्यक्षमा माओवादीका आशबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले छ सय ६७ मत प्राप्त गर्नुभएको छ । २९ वर्षीय गुरुङ तनहुँमा हालसम्म सार्वजनिक मतपरिणाम अनुसार सबैभन्दा कान्छा वडाध्यक्ष बन्नुभएको छ । प्रतिस्पर्धी कांग्रेसका सरोज पन्तले चार सय ३५ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले सात सय तीन, दलित महिला सदस्यमा सम्झना सुनारले सात सय ११, खुला सदस्यमा कमलबहादुर मगरले छ सय ५८ र वासुदेव थापाले छ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भानु–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ । पाँच सय २१ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो । प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बानियाँले चार सय ६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले दुई सय दश मत प्राप्त गर्नुभएको छ ।

वडासदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा सकिना खातुनले छ सय ७९, दलित महिला सदस्यमा शान्ता मौरातीले छ सय ३६, खुला सदस्यमा चन्द्रविवश गुरुङले छ सय ५३ र भीमसेन अधिकारीले पाँच सय ७५ मत प्राप्त गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *