मकवानपुरको ईन्द्रसरोवरमा एमालेका पुडासैनी विजयी

काठमाडौ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी भएका छन् । पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व लाल लामाले ३ हजार ४७२, नेकपा समाजवादीका जीवन लामाले ४७९ मत प्राप्त गरेका छन् ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा कुमारी लामा विजयी भएकी छन् । उनले ३ हजार ७२५ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी निर्मला रुम्बाले ३ हजार ६५६ मत प्राप्त गरेकी छिन् ।

५ वटा वडा रहेको गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगर (७५३), २ नम्बर वडामा नेपाली कांग्रेसका सुमन श्रेष्ठ (११२०), ३ नम्बर वडामा नेकपा एमालेका प्रताप भोम्जन (११७६), ४ नम्बर वडामा नेकपा एमालेका चन्द्र कुमार बल (८०५) र ५ नम्बर वडामा नेपाली कांग्रेसका दुत राज तितुङ (८१७) मतसहित वडा अध्यक्षमा विजयी भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *