सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि आए

काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे ।

तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त गरे ।

को कहाँ विजयी ?

यहाँ ४ वटा वडामा कांग्रेसका, दुई वडामा माओवादी केन्द्रका र एक वडामा एमालेले वडाध्यक्ष जितेको छ । कांग्रेसले धनकौल-१, २, ४ र ७ मा जितेको हो । यी वडाका वडाध्यक्षमा क्रमशस् गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ । ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेले ३ नम्बर वडामा मात्र जितेको छ । अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *