एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जित निकाले

सर्लाही । नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उमेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे ।

निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए । तेस्रो स्थानमा रहेको कांग्रेसका वडाध्यक्षका नवराज कुशवाहाले ३४४ मत प्राप्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *