भिमादको मेयर उपमेयरमा एमालेको जित

काठमाडौँ । भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् । सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शारदा खनाल फेरि दोहोरिएकी छन् । उनी ४६२ मतान्तरले विजयी भएकी हुन् । खनालले सात हजार ६६७ मत प्राप्त गरी विजयी हुदाँ प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत ल्याउदै पराजित भए ।

भिमादमा २४ हजार ८८४ मतदाता रहेको १६ हजार १४९ मत खसेको थियो । यस्तै, वडातर्फ २, ३, ७, ८ र ९ मा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ । वडा नम्बर १ मा दिपक आले, २ मा दिनेशकुमार थापा, ३ मा पदम सेन ठकुरी, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा, ६ मा श्याम जोशी, ७ मा प्रकाश श्रेष्ठ, ८ मा अणबहादुर शाही र ९ मा रनबहादुर थापा विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.