जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा : अध्ययन

काठमाडौँ । जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशौँ हजार कुछुवा हरेक वर्ष मरिरहेका छन् ।

अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए । अध्ययनका लेखक तथा एक्सेटरको पेनरिन क्याम्पसमा इकोलोजी तथा संरक्षण केन्द्रका पीएचडी विद्यार्थी क्यास्पर भ्यान डे गिरले अफ्रिकी पूर्वीतटमा कछुवाहरूले अण्डादेखि वयस्कसम्म धेरै खतरा सामना गरेका बताए ।

‘हाम्रो उद्देश्य यी कछुवाहरूको बारेमा अहिले जानकारीमा आएका सबै कुरालाई एकै ठाउँमा ल्याउने र यो द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा तिनीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने अवसरहरू पहिचान गर्नु थियो’, उनले भने ।

अध्ययन इन्डेन्जर्ड स्पाइसेज रिसर्चमा प्रकाशित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *