मध्यपुरथिमि ५ र ६ मा कांग्रेस विजयी

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुरथिमि नगरपालिकाको नौवटा वडामध्ये हालसम्म छ वडाको मतगणना सकिएको छ । नगरको तीन वडाको मतगणना बाँकी छँदै गठबन्धनले फराकिलो अग्रता बनाएको हो ।

मध्यपुरथिमिमा कूल खसेको ३१ हजार ४१० मतमध्ये वडा नं १ देखि ६ सम्मको २२ हजार मतगणना भइसकेको छ । अब गणना गर्न बाँकी करिब ११ हजार मत छ । वडा नं ६ सम्मको मतगणनामा गठबन्धनका नगर प्रमुख उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले तीन हजार ४९८ मतको अग्रता लिएका छन् । उनको ११ हजार ३०५ मत भएको छ भने उनलाई निवर्तमान नगरप्रमुखसमेत रहेका नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले सात हजार ८०७ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनका उपप्रमुख उम्मेदवार माओवादीका विजयकृष्ण श्रेष्ठले नौ हजार ६५९ मतसहित अग्रता लिएका छन् । उहाँलाई एमालेका उत्तरा नेपालले छ हजार ४८५ मतले पछ्याइरहेका छन् ।

यसैबीच मध्यपुरथिमि नगरपालिका–५ र ६ मा कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गए राति सम्पन्न मतगणनाको परिणामअनुसार मध्यपुरथिमि–५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं ६ मा ज्ञानदास प्रजापति वडाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित कांग्रेसका श्रेष्ठले दुई हजार ३६२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका राधेश्याम प्रजापतिले एक हजार ३९३ मत प्राप्त गरेका छन् ।

वडा नं ५ को वडा सदस्यमध्ये महिला सदस्यमा एमालेका कमला प्रजापति एक हजार ५८८, खुला सदस्यमा कांग्रेसका राजभाइ प्रजापति एक हजार ९३० र एमालेका सुरेन्द्र भासिमा एक हजार ९२१ मतका साथ निर्वाचित भएका छन् । यहाँ दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति एक हजार ७२३ मत ल्याइ विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार २९ मत ल्याएका छन् । वडा सदस्यमा कांग्रेसका अरुणा नकर्मी एक हजार ६४५, रामचन्द्र थापामगर एक हजार ३७०, दलित महिला सदस्यमा सीता विश्वकर्मा एक हजार ७१५ र एक सदस्यमा माओवादीका तुलसीराम प्रजापति एक हजार १६४ मतका साथ निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *