स्थानिय निर्वाचन सफल रुपमा सम्पन्न, सरकारलाई धन्यबाद दिनैपर्छ

काठमाडौँ । नेपालमा आगामी पाँच वर्षका लागि देशभरका ७५३ स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिधि चयनका बैशाक ३० गते मतदान भयो । २०७२ सालमा संविधान जारी भएपछिको दोस्रो पटकक स्थानीय निर्वाचनमा जनताले शान्तीपूर्ण रुपमा मतदान गरे । दुई चार ठाउको झडपलाई बिर्सिदिने हो भने वास्तवमा निर्वाचन शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको मान्नुपर्छ।

सङ्घीय गणतन्त्रमा लोकतन्त्रलाई बलियो बनाउनका लागि यो दोश्रो पटक स्थानीय निर्वाचन भएकोले पनि यसको महत्व धेरै अर्थमा बडी छ । २० वर्षको अन्तरालपछि २०७४ सालमा स्थानीय निर्वाचन भएको थियो । अनि अहिले पाँच वर्षपछि मुलुकमा दोश्रो पटक निर्वाचन भएको छ । ४ महिना अघिसम्म पनि स्थानीय निर्वाचन हुन्छ कि हुदैन ? भनेर निराशाको कालो बादलले छाएको समयमा सरकार र स्त्तारुड गठबन्धनले स्थानिय निर्वाचन गरि छाड्ने अठोट कै कारण यो निर्वाचन सम्पन्न भएको हो । निर्वाचन शान्तपूर्ण वातावरणमा सम्पन्न गरेको हुनाले नेपाल सरकार र सत्तरुड गठबन्धनलाई धन्यबाद दिनैपर्छ।

जनताले अघिल्लो पटक राम्रो काम गर्ने पार्टीले या व्यक्तीले पनि पुनः निर्वाचित गरेर समर्थन गरेका छन् । काम नगरेकालाई तिरस्कार गरेका छन् । गत २०७४ को स्थानिय निर्वाचनमा धेरै ठाउमा जिताएर पहिलो पार्टी बनाएर पठाएको नेकपा एमालाई यसपटक नसियत दिएर दोश्रो पार्टीका रुपमा स्थान दिने संकेत स्थानिय निर्वाचनको मतगणना गर्दै गर्दाको परिणामले देखाईरहेको छ । यसैगरि गत २०७४ सालको स्थानिय निर्वाचनमा दोश्रो पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थान दिएकोमा यसपाली जनता जनार्दनले पहिलो पार्टी बनाउने फैसला गरेको स्प्रस्ट सङ्केतहरु आईरहेका छन् । यसै गरि नेकपा माओवादी पार्टीलाई गत २०७४ सालको स्थानिय निर्वाचनमा तेश्रो पार्टी बनाएर पठाएका जनताले यसपटक पनि तेश्रो मै तर पहिलाको भन्दा अलिक शक्तीशाली रुपमा छनौट गरेको संकेत आईरहेका छन ।

२०७४ सालमा चुनिएका पार्टीका प्रतिनिधी या ब्यक्तीले नराम्रो काम गरेकै कारण त्यो पार्टी या ब्याक्तीका विरुद्धमा मतदान गरेर अन्य पार्टी या ब्याक्तीलाई प्रतिस्थापन गरेर दण्डित गरेका छन जनताले । यसपटकको स्थानिय निर्वाचनमा आफ्नो शाख जोगाउन नेकपा एमालेलाई धौधौ परिरहेको छ । त्यो किन त भन्दा, निर्वाचित भएर आएपछि जनताले भने जस्तो काम गर्न नसकेकै पहिलो पार्टीबाट घटुवा गरेर दोश्रोमा राखिदिदैछन । सयद नेपाली काँग्रेसले र नेकपा माओवादीले नेकपा एमालेको भन्दा राम्रो काम गरेका थिए । तेही भएर यो स्थानिय निर्वाचनमा जनताले पुरस्कृत गरेका छन । हुन त यसपटक स्थानिय निर्वाचनमा एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मिलेर चुनावी गठबन्धन बनाएका थिए । उता नेकपा एमालेले भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र परिवार दलजस्ता केही मझौला दलसंग गठबन्धन गरेका थिए। सत्तारुड गठबन्धन बलियो भएकै कारण यो पटक नेपाली कांग्रेस र माओवादी केन्द्रले राम्रो सफलता पाएका हुन्।

समयमै निर्वाचन हुनु लोकतन्त्रको मेरुदण्ड हो । जनताको बलिदान र सङ्घर्षपछि २४० वर्षसम्म शाह वंशले शासन गरेको नेपालको एकात्मक राज्य व्यवस्थालाई परिमार्जित गरी २०६२/६३ को दोश्रो जनआन्दोलनको बलमा नेपाललाई सुशासन, विकास र जनतालाई सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको राज्यको पुर्नसंरचना मुताविक भएको स्थानिय निर्वाचन थियो । तदनुसार, केन्द्रमा एक संघीय, सात प्रदेश र स्थानीय तहमा ७५३ गरी तीन तहको सरकारको हुने व्यवस्थाले गर्दा नि यो निर्वाचन महत्व अधिक थियो । किनभने स्थानीय तहले राज्यलाई जनतासँग जोड्ने भएकाले स्थानीय निर्वाचन ज्यादै महत्वपूर्ण भएको हो ।

स्थानीय सरकारहरू मार्फत राज्यले आफ्ना जनतालाई सेवा प्रदान गर्दछ । संविधानले सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएको स्थानीय सरकारलाई २२ वटा स्पष्ट अधिकार समेत दिएको छ ।नेपालमा तीनवटै तहका सरकार समानान्तर रहने ब्यवस्थाब्गरेको छ । संविधानले तोकेको क्षेत्राधिकारका आधारमा स्वायत्त रूपमा काम गर्ने अधिकार समेत भएको निकाय हो पालिका सरकार । त्यसैले संघीयता सुदृढ गर्न स्थानीय निर्वाचन महत्वपूर्ण छ । लोकतन्त्रमा जनताले देशको शासन सञ्चालनका लागि आफ्नो सरकार चुन्न पाउने अधिकारले आवधिक निर्वाचनले सबैलाई जवाफदेही बनाउने अवसर दिन्छ ।

हुन त राजनितिक पार्टीहरुको व्यवहारले गर्दा देशले दल विहीन स्थानीय निर्वाचन प्रणाली अपनाउनुपर्छ कि भनेर भन्ने गरेको पनि सुनिन्छ । तर, यो प्रक्रिया कसरी लागु गर्ने बारेमा कसैले पनि उपयुक्त उपाय सुल्झाउन सकिरहेका छैनन् । खाली अहिले भईरहेको निर्वाचन प्रणालीको बिरोध मात्रले समस्याको समाधान निकाल्न सक्तैन । दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने बाहेको अन्य अरु केही भन्न सकिरहेका छैनन । वास्तवमा भन्ने हो भने दल विहीन स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको लोकतान्त्रि पद्दतीको बर्खिलाप हुन्छ । बरु निर्वाचन आयोगलाई दलहरुलाई नियन्त्रणमा राख्न अरु के कस्तो उपाय अपनाउनु पर्छ त्यता तिर ध्यान दिनु पर्छ । दल विहीन स्थानीय निर्वाचन प्रणाली अपनाउदा झन बडी बिबाद र अपारदर्शी हुन्छ भन्ने चिन्ता सधै रहन्छ । स्थानीय निर्वाचनले तल्लो तहसम्म लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । समयमै गरिने निर्वाचनले तल्लो तहमा लोकतन्त्रलाई जीवन्त बनाउँछ । हाम्रो जस्तो देशमा यसको महत्व झनै ठूलो छ । जहाँ स्थानीय सरकारसँग ठूलो संवैधानिक अधिकार छ । संघीयता सुदृढ गर्न पनि स्थानीय निर्वाचन महत्वपूर्ण छ । ठुलो उत्सव हो राज्यको लागि, जनताका लागि र राजनीतिक पार्टीहरुका लागि स्थानिय निर्वाचन सम्पन्न हुनु । एउटा उत्सव नै मनाईरहेका छौ । स्थानीय निर्वाचन समयमै र शान्तिपुर्ण रुपमा सम्पन्न गरेर सरकार धन्यवादको पात्र बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *