जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको खबरले प्रधानमन्त्री दुःखी 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २२ जनाको ज्यान जानेगरी तारा एयरको जहाज दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  ‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु,’ प्रधानमन्त्री देउवाले आज समाजीक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज आइतबार विहान सम्पर्क विहिन भएको थियो । उक्त जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *