सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाका माग पूरा गर

स्थानीय बासिन्दाका १५ सुत्रीय मागहरु के के हुन ?

काठमाडौ । काठमाडौ उपत्यकाको फोहोर नउठेर पुरै उपत्यका फोहोरको डङ्गुरले भरिन थालिसक्यो । फोहोर विस्थापित गर्ने पुरानो डम्पिङ साईट सिसडोलका स्थानीय जनताले आन्दोलन गरिरहेका छन । उता सरकारले भने अब पुरानो डम्पिङ साईट सिसडोल बन्द गरेर ललितपुरको बञ्चरेडाँडामा फोहोर फाल्ने भनेपछि त्यहाँका स्थानीय जनताले पनि फोहोर फाल्न नदिने भनेर आन्दोलित छन । सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाका माग के के छन त ? सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाका माग बारे छिटो सुनवाइ गरिनुपर्छ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले जेष्ठ २५ गते पनि आन्दोलन जारी राखेका छन् । स्थानीयसँग सहमति नभइ फोहोर विसर्जन गर्न नदिने उनीहरूको अडान कायम छ । उता नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनेवेशी नगरपालिकाका प्रमुखले फोहर फाल्न दिने सहमति गरे पनि स्थानीय बासिन्दाले भने फोहोर फाल्न नदिने भनेर अवरोध कायम राखेका छन ।

दुबै क्षेत्रका प्रभावित स्थानीय बासिन्दाहरुले आफ्ना वडाध्यक्ष र स्थानीयसँग सम्झौता हुनुपर्ने माग उनीहरूको छ । पीडितहरुले हिजो जेष्ठ २४ गते फोहोर बोकेका ट्रकलाई बाटैमा अवरोध गरेपछि प्रहरी लगाएर फोहोर विसर्जन गरिएको थियो । सो क्रममा पाँच जना स्थानीय जनता घाइते भएका छन भने १४ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आन्दोलन शान्तिपूर्ण हुने बताउँछन् धुनेवेधी नगरपालिका १ वडाका वडाध्यक्ष मानबहादुर तामाङ । प्रभावित जनतासँग सम्झौता हुनुपर्छ । स्थानीयको माग पूरा नभएसम्म आन्दोलन हुन्छ । हाम्रा माग सम्बोधन नभएसम्म हामी फोहोर फाल्न दिदैनौं भन्ने अडान स्थानीय जनताको रहेकोले जतिसक्दो चाडो स्थानीय जनताको माग सम्बोधन गरि काठमाडौ उपत्यकाको फोहोरको जतिसक्दो चाडो ब्यवस्थापन गर्न ढिला गर्नु हुन्न ।

स्थानीय बासिन्दाको माग चाहिँ के के छन त्यो पनि हेरौं ?

१. पन्द्र दिन, तीन महिना र एक वर्षभित्र गर्न सक्ने कामको प्रतिबद्धता गर्नु पर्नेछ ।
२. फोहोर राती मात्रै लाने व्यवस्था गर्नुपर्ने तथा समय तालिका बनाएर मात्रै फोहोरको सवारी चलाउने प्रबन्ध मिलाउनु पर्नेछ ।
३. सिसडोल तथा बञ्चरेडांडामा फोहार नगन्हाउने गरि व्यवस्था मिलाउनु पर्नेछ ।
४. फोहारबाट निस्केको लिच्चड खोलामा नमिसाउने र खोलामा जान नदिने ब्यवस्था गर्नुपर्ने छ ।

५. सिसडोलबाट समेत निस्केको सिच्चडलाई तत्काल व्यवस्थापन गर्न सुभारम्भ गर्नुपर्ने छ ।
६. फोहोर यथास्थानमा फाले–नफालेको, फोहोरलाई पुरे-नपुरेको अनुगमन गर्नको लागि महानगरले प्रभावित क्षेत्र धादिङ तथा नुवाकोट बाट १०-१० जना कर्मचारी नियुक्त गर्नुपर्ने छ ।
७. अनुगमन गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने छ ।
८. प्रभावित क्षेत्रको वर्गिकरण भैसकेको स्थितिमा कति क्षेत्रलाई अधिकरण गर्नुपर्ने तथा कति क्षेत्रलाई मुआब्जा प्रदान गर्ने भन्ने कुराको तय गरी राज्य समक्ष बजेट विनियोजन गर्ने योजनका लागि पहल गर्नुपर्ने छ ।

९. फ़ोहोरबाट प्रभावित जनताको बीमा हुनुपर्ने छ ।
१०. फोहोर प्रभावित जनतालाई स्वास्थ उपचारको लागि हस्पिटल बनाउनका लागि तुरुन्तै हस्पिटल सिलन्यास गर्नुपर्ने छ ।
१२. फोहोर बिस्थापन गरेर रहेका वरीपरिका खुल्ला क्षेत्रमा वृक्षारोपण कार्य गर्नुपर्ने छ ।
१२. फोहार व्यवस्थापनको लागि आवश्यक कर्मचारीहरू नियुक्ति गर्दा योग्यता अनुसार प्रभावित क्षेत्रका जनताहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने छ ।
१३. प्रभावित जनतालाई कृषि खेतीका लागि प्रवद्धन र सहयोग गर्नुपर्ने छ ।
१४. बाटोको लागि बजेट विनियोजन गरि काम शुरु गर्नुपर्ने छ ।
१५. फोहोरबाट संकलन गरि प्लाष्ट्रिक जन्य बस्तुलाई प्रयोग गरेर प्लास्टिक उद्योग र फोहोरबाट निस्किएको ग्यासलाई प्रयोग गरेर ग्यास उद्योग स्थापना गर्न पहल गरि उद्योगहरू संचालित गर्नुपर्ने छ ।

राज्यले फोहोरबाट पीडित जनताले राखेका माथिका १५ सुत्रीय माग छिटोभन्दा छिटो पूरा गर्नु ढिलो गर्नु हुन्न । हेल्चेक्र्या गरि सरकारले कानमा तेल हालेर बस्ने हो भने काठमाडौ उपत्यकामा ठूलो हैजाको महामारी फैलिन सक्छ । सम्बन्धि निकायले बेलैमा बुद्धि पुर्याउं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *