जनप्रतिनिधिले पार्टीभन्दा एकदम माथि उठेर नागरिकको सेवा गर्नु सक्नु पर्छ

-गुणराज भट्टराई (वडा अध्यक्ष, सुनकोशी गाउँपालिका वडा नं. ८, ओखलढुंगा)

काठमाडौँ । नेपाल विद्यार्थी संघ र तरुण दलबाट खारिएका नेता हुन् गुणराज भट्टराई । दूर्गम पहाडी जिल्ला ओखलढुंगाको सुनकोशी गाउँपालिकाका स्थायी वासिन्दा भट्टराई सोही गाउँपालिका वडा ८ को वडा अध्यक्ष पनि हुन् । विद्यार्थी राजनीतिबाट खारिएका उनी जनताको कामप्रति अत्यन्तै सचेत र सजग छन् । सधैं जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिमा हात हालेका भट्टराई स्वच्छ छविका नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । निष्ठा र पारदर्शीतालाई राजनीतिको कडी ठान्ने उनी जनताको सेवा नै आफ्नो कतव्य र दायित्व ठान्दछन् । उनै वडा अध्यक्ष भट्टराईसँग स्थानीय विकाससँग केन्द्रित रहेर सत्याग्रह साप्ताहिक र काठमाडौन्युज डटकमका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंलाई मत दिएर निर्वाचित गराउने मतदातालाई के भन्नुहुन्छ ?

यो जित मेरो मात्रै नभएर सर्वप्रथम सुनकोशी गाउँपालिका वडा नं. ८ का सम्पूर्ण नागरिक हो । त्यसपछि नेपाली कांग्रेसको पनि हो । म त त्यसको प्रतिनिधित्व गर्ने व्यक्ति मात्रै हुँ । अहिलेका नागरिक पहिलाका जस्ता हुनुहुन्न । उहाँहरुले निकै विवेक पुर्याएर नै मलाई वडा अध्यक्षमा विजयी गराउनुभएको हो । उहाँहरुले एकदमै सोचविचार गरेर मलाई मत दिनुभएको हुनुपर्छ । मेरो लागि अघिल्लो पाँच वर्ष परीक्षाको घडी थियो । त्यो परीक्षामा यसपालि पुनः वडा अध्यक्षमा मत दिएर जिताउनुभयो । त्यसले मलाई राम्रो मेहनत गरेर परीक्षा दिएछु भन्ने लागेको छ । त्यसप्रति सम्पूर्ण वडावासी दाजुभाइ दिदीबहिनी, अग्रज नेता, कार्यकर्ता सबैलाई धन्यवाद दिन चाहन्छु । अब मैले उहाँहरुको इच्छा, आकांक्षा र भावनामा ठेस पुर्याइ, कतै तलमाथि नहुने गरी काम गर्नुपर्छ । वडावासीले अनुभूति गर्ने गरी यो पार्टी, ऊ पार्टी नभनी साझा रुपमा काम गर्नुपर्छ । म कुरा गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने भावना राख्ने व्यक्ति हुँ । यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर मेरो पार्टी नेपाली कांग्रेसले मलाई सुनकोशी गाउँपालिका वडा नं. ८ वडा अध्यक्षमा दोहोर्याएर टिकट दिएको हो । अब मैले जेसुकै भए तापनि पार्टीभन्दा एक कदम माथि उठेर सम्पूर्ण वडावासीको भावना अनुसार काम गर्नुपर्छ । कांग्रेस पार्टीको टिकटमा चुनाव जितेँ । अब जनप्रतिनिधि भइसकेपछि मैले सम्पूर्ण वडावासीको आवश्यकता, चाहना र भावना अनुसार काम गर्नुपर्छ । त्यसमा प्रतिवद्ध छु ।

तपाईंको पाँच वर्षे परीक्षमा उत्तीर्ण गराइदिनु भएकोमा वडावासीलाई के भन्न हुन्छ ?

हो, मलाई दोहोरिएर आउँदा पनि पहिलाको भन्दा अझ राम्रो मत दिएर विजयी गराइदिनुभयो । त्यसको लागि यस वडा सम्पूर्ण नागरिक, वडाबाहिरका अन्य नेता, कार्यकर्ता, शुभचिन्तक सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरुले मप्रति देखाउनुभएको विश्वास भरोसाप्रति मेरो बलबुताले भ्याएसम्म अझ मेहनत गरेर वडाको समृद्धिको लागि अगाडि बढ्ने छु । सुनकोशी गाउँपालिका वडा नं. ८ लाई जनतामैत्री वडा कार्यालयमा विकास गर्ने छु । यहाँको आवश्यकता अनुसार काम गर्दा वडावासीको सल्लाह, सुझाव र सहयोगमा काम गर्ने छु । चुनावका बेला कुनै पार्टीको प्रतिनिधि भएर लडियो । जनप्रतिनिधि भइसकेपछि हामीले पार्टीभन्दा एकदम माथि उठेर सबैको भावनाको सम्बोधन गर्नुपर्छ । त्यसमा दत्तचित्त भएर सबै नागरिकको लागि साझा रुपमा काम गर्ने विश्वास दिलाउन चाहन्छु ।

अब पार्टी भन्दा माथि उठेर साझा रुपमा वडावासीको सेवा गर्नुहुृन्छ हो ?

मलाई नेपाली कांग्रेसले टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा पार्टी आफ्नो ठाउँमा सम्मानित छ । अझ सम्मानित भनेको यस वडाका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म जनप्रतिनिधि भइहाल्ने होइन । म वडा अध्यक्ष हुनेको लागि यहाँका वडावासीले भोट दिनुपर्छ, त्यो मैले पाएको छु । अब मैले पार्टीभन्दा एकदम माथि उठेर यहाँका नागरिकको भावना समेट्न सक्नुपर्छ । त्यसमा मैले निकै हेक्का पु¥याएर काम गर्नुपर्छ । म राजनीतिमा कमाउन र लिन आएको होइन, जनतालाई केही दिनको लागि आएको हुँ । आज म पुनः सुनकोशी गाउँपालिका वडा नं. ८ को वडा अध्यक्षमा निर्वाचित भएको छु । अब मैले काम गर्दा यो पार्टी, ऊ पार्टी नभनी सबैको भावना समेटेर गर्नुपर्छ । आउँदा दिनमा जनताको आवश्यकता र समयको मागअनुसार दत्तचित्त भएर जनसेवामा समर्पित हुने छु ।

नेपाली कांग्रेसले तपाईंलाई चाहीं किन दोहोर्याएर टिकट दियो जस्तो लाग्छ ?

टिकट दिनुअगाडि ओखलढुंगा कांग्रेस पार्टीका नेताहरुले ‘तपाईं चुनाव जित्न सक्नुहुन्छ कि हुन्न ?’ भनेर सोध्नुभएको थियो । उहाँहरुले त्यसरी सोधिरहँदा मैले पनि ‘मलाई टिकट दिनुहोस् पहिलाको भन्दा राम्रो मत ल्याएर जित्छु,’ भनेँ । उहाँहरुले मेरो बोलीमा विश्वास गर्नुभयो, मलाई टिकट दिनुभयो । मैले उहाँहरुलाई भने जस्तै निकतम प्रद्वन्द्वीकोभन्दा २५९ मतान्तरले विजयी भएँ ।

दोहोरिएर उठ्दा पनि राम्रो मतान्तरले विजयी हुनुभयो, पहिलाको भन्दा फरक कस्तो योजना तय गर्नुभएको छ त ?

त्यसको लागि प्रथम त के भन्न चाहन्छु भने म जुनसुकै समय यस वडाका जनताको काममा समर्पित गर्ने छु । सुनकोशी गाउँपालिका वडा ८ को अध्यक्ष भइरहँदा अब आगामी पाँच वर्षको लागि म नेपाली कांग्रेसको कार्यकर्ता मात्र नभई सम्पूर्ण जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । अयअघि रहेका अपुरा योजनाहरुलाई पुरा गर्ने छु । विगत पाँच वर्षमा यस वडाका प्रत्येक गाउँ, टोल, वस्तीमा कच्ची बाटोहरु पु¥याउने काम गरिएको छ । अब त्यसको स्तरोन्नती गर्नुपर्ने छ । यहाँ भएका विद्यालयहरुमा पाँच कक्षा मात्रै भएको ठाउँ कक्षा १० सम्म पु¥याउने काम भएको थियो । अब त्यसलाई १२ कक्षासम्म बनाउने छु । स्वास्थ्य क्षेत्रमा यसअघि केही थिएन । हामीहरु आइसकेपछि भवन बनिसकेको छ । त्यसलाई दक्ष स्वास्थ्यकर्मी र आवश्यक औषधिको व्यवस्था गर्नुछ ।

स्थानीय कृषि उपार्जनको लागि वडाको तर्फबाट कस्तो योजना ल्याउनु भएको छ ?

स्थानीय कृषकहरुलाई प्रोत्साहित गर्नको लागि विभिन्न कार्यक्रमहरु ल्याएका छौं । यहाँ रासायिक मलको आवश्यकता थियो । ढुवानी महंगो हुने भएकाले मल महंगो भएर अभाव थियो । त्यसको लागि ढुवानी खर्च वडाबाट दिएर हामीले तीन वर्ष अगाडि देखि नै कृषकलाई सहुलियत दिने सुरुवात गरेका छौं । अर्को सहकारीमार्पmत स्थानीय उपार्जन ढुवाको लागि गाडीहरु आइरहेका छन् । त्यसबाट यहाँका कृषकहरुले उत्पादन गरेका तरकारी, फलपूmल, दूधलगायतका खाद्यान्नहरु ढुवामा मद्दत पुगेको छ । आगामी बजेट ल्याउँदा हामीले स्थानीय कृषकहरुलाई केन्द्रमा राखेर कृषि उपार्जनलाई टुवा पुग्ने बजेट ल्याउन लागिपरेका छौं । त्यसमा युवा, महिला, जनजाति, दलित, उत्पीडितलगायतलाई विभिन्न आयमुलक तालीम तथा अभिमुखीकरण कार्यक्रमहरु ल्याउने छौं । त्यसले स्थानीय स्तरमा आयआर्जन र रोजगारीको सम्भावनामा बृद्धि हुने । त्यसैगरी बालबालिकाको लागि खेलकूद सामग्री र मैदानको व्यवस्था गरेका छौं ।

युवाहरुलाई स्थानीय स्तरमै स्वरोजगारमुखी बनाउन कस्तो योजना बनाउनु भएको छ ?

त्यसको लागि यहाँ देखिएको भनेको पशुपालन र कृषि उपार्जन नै हो । यसअघि पनि हामीले वडाबाट गाई पालन, भैंसी पालन, बंगुर पालन, बाख्रा पालन, कुखुरा पालन भनेर हामीले कार्यक्रमहरु ल्याएका हौं । सहुलियत पनि दिएकै हो तर, त्यो कार्यक्रम त्यति प्रभावकारी देखिएन । त्यसमा पहिला यतिवटा भैंसी, गाइ, बाख्रा पालन गर्ने त भनियो तर वास्तविक योजना लिएर आउन सकेनन् । योजना, योजनामै सिमीत भयो त्यसमा वास्तविक किसानहरु आकर्षित भएनन् । त्यसैगरी यहाँ राष्ट्रपति स्वरोजगार कार्यक्रममार्पmत पशुपालन भनेर सहकारीमार्पmत अनुदान आएको थियो । यस वडामा झन्डै २०, २५ लाख भैंसी पालनको लागि भनेर सहकारीमार्पmत पैसा आएको थियो । त्यसमा जसले भैंसी पालेका हुन्छन् । उनीहरुलाई दुई लाखसम्म अनुदान दिने भनिएको थियो । त्योपनि त्यति प्रभावकारी ढंगले लागु भएन बजेट त्यतिकै फ्रिज भएर गयो । अहिले चाहीं हामीले अब जसले दुईवटासम्म भैंसी पालेका छन् तिनीहरुलाई दुई लाखसम्म अनुदान दिने भनेर हामीले योजना बनाइरहेका छौं । एउटासम्म पालेकालाई केही नगर्ने भन्ने छ ।

यति राम्रो योजना हुँदा पनि युवाहरु किन आकर्षित भएनन् जस्तो लाग्छ ?

यसमा दुई, तीनवटा कुरा छन् जस्तो पहिलो यहाँ कृषि उपार्जन हुँदा पनि बाटोघाटोको कारण बजार व्यवस्थापन एकदमै गाह्रो छ । दोस्रो यहाँ उत्पादन हुने खुर्सानी, अनुवा, लसुन, प्याज, फलपूmल, तरकारीलगायतका उत्पादनहरु धेरैले व्यवसायिक रुपमा गर्नुभएन । थोरैले मात्रै खेतीकमाइ गर्दा ढुवानीको लागि टिप पुग्दैन । त्यो भएपछि बाहिरबाट गाडी आउँदैनन् । अब चाहीं त्यसलाई सरल गराउने र ढुवाको व्यवस्था गरेर कृषि उपार्जनलाई आयआर्जनमा जोड्ने भनेर प्रदेश सरकारबाट हामीले गाडी मगाएर काम गर्न लागेका छौं । अर्को युवाहरु अहिले गाउँमा बस्दै रुचाउँदैनन् । त्यसलाई आकर्षक बनाउन अझ नयाँ ढंगले कृषि, पशुपालनलाई व्यवस्थित र वैज्ञानिक ढंगले अगाडि बढाउन लागिपरेका छौं । जसले युवाहरुको अकर्षणको केन्द्र बनोस् भन्ने हाम्रो चाहना छ । त्यसको व्यवस्था भएपछि कम्तिमा एक हप्तासम्म नकुहुने फलपूmल, तरकारीहरुलाई सस्तोमा ढुवानी गरेर स्थानीय उत्पादनलाई प्रभावकारी बनाउन लागेका छौं ।

जहाँ जे उत्पादन हुन्छ, त्यसको व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिन सक्दैन ?

त्यसको पनि हामीले अवधारण ल्याएको हो । तर, यहाँको लेबर एकदमै महंगो एकदिन जोतेको १८ सयसम्म लिने । त्यसमा बीउ, मल, अन्य मजदुर खर्च गर्दा आम्दानी भन्दा खर्च बढी हुने भएकाले पनि मानिसमा पहाडमा कृषि उपार्जनमा आकर्षण नभएको हो । एउटा रोपाइँमा ५ हजार खर्च भयो भने त्यसबाट दुई हजारको पनि अन्न उत्पादन नहुने भएकाले समस्या देखिएको छ । अर्को कारण भनेको लगाइएका बालीनालीमा जंगली जनवारहरु एकदमै लाग्न थाले । जस्तो बाँदर, स्याललगायतका जनावरले खाएपनि सखाप बनाइदिने भयो । गाउँघरमा मानिसका बस्ती घट्दै गए । जंगली जनावरहरु गाउँगाउँ थाले । यसरी जंगली जनावर गाउँगाउँ पस्नुमा युवाजति विदेसिने महिलाहरु छोराछोरी पढाउने चिहुमा शहर, बजारतिर बस्ने भएपछि यस्तो समस्या भएको हो ।

जनप्रतिनिधिहरु सुविधा भोगी भए, जनताको काम भन्दा आसेपासे र आफन्तलाई पोस्छन् भन्ने गुनासो छ नि ? त्यसमा के भन्नुहुन्छ ?

त्यसरी बाहिर भनिए जस्तो अनियमितता गर्ने ठाउँ वडामा हुँदैन । हामीकोमा जति बजेट आउँछ । त्यसलाई उपभोक्ता समिति गठन गरेर मात्रै विनियोजन गर्दछौं । हरेक गाउँटोलमा एक लाख, दुई लाख बजेट दिँदा पनि उपभोक्ता समिति मार्फत दिएपछि वडा प्रतिनिधिहरु मुछिने कुरै आउँदैन । गाउँपालिका बजेट आउँदा पनि ठाउँ र विकासको शीर्षक तोकिएर आउँछ । वडा कार्यालयको भनेको जन्म दर्ता, मृत्यु दर्ता, सिफारिस, मालपोत उठाउने लगायतका काम हुन्छन् । खासै गाउँको स्थानीय तहमा कर उठाउने कुरा पनि हुँदैन । गाउँपालिकाबाट आउने विकास निर्माणका बजेटहरुमा वडाका प्रतिनिधिहरुले केही गर्ने ठाउँ हुँदैन । अर्को मैले कुनै आफन्तलाई ठेक्कापट्टा दिएको पनि छैन । आफुले लिएको पनि छैन । जे/जति बजेट आउँछ त्यसमा उपभोक्ता समिति गठन गरेर फरोफाँट गरिदिएपछि ढुक्क । आफुले गल्ती नगरेपछि जनप्रतिनिधिलाई बोल्न कुनै हिचकिचाहट हुँदैन । त्यसमा म स्पष्ट छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *