पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्छु : पोखरेल

उपेन्द्र पोखरेल, नगरप्रमुख कमलामाई नगरपालिका, सिन्धुली

काठमाडौँ । नेविसंघबाट राजनीतिमा हात हालेका कांग्रेस नेता हुन् उपेन्द्र पोखरेल । सिन्धुलीका स्थायी वासिन्दा पोखरेल नेपाली कांग्रेसका जिल्ला सभापति र कमलाई नगरपालिका प्रमुख पनि हुन् । ‘हाम्रालाई होइन, राम्रालाई’ अवसर दिनुपर्ने धारणा राख्ने उनी कर्मठ नेता र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनै पोखरेलसँग समसामयिक विषयमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

कमलामाई नगरवासीलाई के भन्नुहुन्छ जसले तपाईंलाई मतदान गरेर नगर प्रमुख बनाए ?

यो मेरो नभएर कमलामाई नगरवासीको जित हो । उहाँहरुको अमूल्य मत दिएर म निर्वाचित भएको हुँ । त्यसपछि मेरो पार्टी नेपाली कांग्रेसको पनि हो । म त त्यसको प्रतिनिधित्व गर्ने व्यक्ति मात्रै हुँ । त्यसको लागि मलाई निर्वाचित गराउने नगरवासी दाजुभाइ दिदीबहिनी, अग्रज नेता, कार्यकर्ता सबैलाई धन्यवाद दिन चाहन्छु । अब मैले उहाँहरुको इच्छा, आकांक्षा र भावनामा ठेस नपु¥याइ, कतै तलमाथि नहुने गरी काम गर्नुपर्छ । नगरवासीले अनुभूति गर्ने गरी यो पार्टी, ऊ पार्टी नभनी साझा रुपमा काम गर्नुपर्छ । त्यसको लागि मैले पार्टीभन्दा एकदम माथि उठेर जनताको काम गर्नुपर्छ । म कुरा गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने भावना राख्ने व्यक्ति हुँ ।

भन्न त सबैले पार्टीभन्दा माथि उठेर जनताको काम गर्छुभन्छन् तर काममा त्यस्तो देखिएको छैन कसरी विश्वस्त पार्नुहुन्छ ?

बहुदलीय व्यवस्थामा हरेक निर्वाचनमा पार्टीका प्रतिनिधिहरु नै उम्मेदवार बन्ने हुन् । तर, निर्वाचन जितेर जनप्रतिनिधि भइसकेपछि पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ त्यसमा म कठिबद्ध छु । चुनावमा घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्यसकारण पार्टीलाई पनि मान्नुपर्छ तर चुनाव जितिसकेपछि जनप्रतिनिधिको हैसियतले काम गर्न सक्नुपर्छ । त्योभन्दा पनि सम्मानित भनेका नगरपालिकाभित्रका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म नगर प्रमुख भइहाल्ने होइन । म कमलामाईको प्रमुख बन्नको लागि नगरवासीले भोट दिनुपर्छ, त्यो मैले पाएको छु । अब मैले पार्टीभन्दा एकदम माथि उठेर यहाँका नागरिकको भावना समेट्न सक्नुपर्छ । त्यसमा मैले निकै हेक्का पु¥याएर काम गर्नुपर्छ । म राजनीतिमा कमाउन र लिन आएको होइन, जनतालाई केही दिनको लागि आएको हुँ । हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवा अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको थिएँ । आज कमलामाई नगरपालिकाका नागरिकले मलाई नगर प्रमुखमा निर्वाचित गर्नुभएको छ ।

स्थानीय युवालाई स्वरोजगार बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

सबैभन्दा ठूलो कुरा त यसमा मलगायत हामी कमलामाई नगरपालिकाका जनप्रतिनिधिको सिंगो टिम नै कामप्रति जवाफदेही हुन जरुरी छ । अब हामीले काम गर्दा पारदर्शी ढंगले विकास निर्माणलगायत नगरपालिकाका सम्पूर्ण कामहरु निष्पक्ष भएर गर्नुपर्छ । त्यसको लागि म दत्तचित्त भएर सबै निर्वाचित साथीहरुसँग छलफल गरिरहेको छु । एकजनाको मात्रै प्रयासले कुनै पनि काम अगाडि बढाउन सकिँदैन । कुनैपनि परिणाममुखी काम गर्न सिंगो टिमको आवश्यकता पर्छ । त्यसपछि इच्छाशक्ति चाहिन्छ । आगामी दिनमा म सहित हाम्रो सिंगो टिम एकजुट भएर जनताले अनुभूति गर्नेगरी परिणामुखी काम गरेर देखाउँछौं ।

यसअघिका स्थानीय जनप्रतिनिधिहरुले राम्रो काम गरेनन्, सुविधाभोगी भए भन्ने गुनासो छ नि त्यसलाई सम्वोधन गर्नुहुन्छ ?

अब त्यस्तो गुनोसो आउने गरी कुनै क्षेत्रमा अनियमितता हुँदैन । आपूm जनप्रतिनिधि भएदेखि औपचारिक कामबाहेक मैले नगरपालिकाको साधन, स्रोत प्रयोग गरेको छैन । औपचारिक कार्यक्रममा मात्रै मैले नगरपालिको सधान प्रयोग गरेको छु । आउँदा दिनमा पनि नगरपालिकाको कामबाहेक कुनै पनि अनौपचारिक काममा नगरपालिकाको साधन प्रयोग गर्ने छैन । हिजोका दिनमा के÷कस्ता अनियमितता भए, म त्यतातिर जान चाहन्न । केही नराम्रा भए होलान्, केही राम्रा पनि भए होलान् । तर, तपाईंले उठाएको जस्तै जनताका धेरै गुनासाहरु बाहिर आएकै हो । त्यसबेला उपभोक्त समिति पनि वडा अध्यक्षले बनाउने, अनुगमन समिति पनि वडा अध्यक्षले बनाउने र बजेट विनियोजन गर्दा पनि दुई लाखभन्दा कममा अनुगमन नगर्ने भनेर आपूm–आपूm मिलाएर समिति बनाउने गरेको गुनासो त मैले पनि सुनेको हो । मलाई आधिकारिक रुपमा थाहा चाहीं भएन । तर, जनताको गुनासो प्रसस्तै थियो । भोलिका दिनमा त्यस्तो हुँदैन । हामी हिजोको जस्तो कनिका छराई बजेट पनि ल्याउँदैनौं । पादर्शी ढंगले समिति बनाएर मात्रै निर्णय गर्दछौं ।

ठ्याक्कै जनताले महसुस गर्नेगरी हुने काम के के देख्नुभएको छ ?

पार्टी राजनीतिमा म नेपाली कांग्रेसको जिल्ला सभापति छु । तर, नगर प्रमुख भइसकेपछि नगरपालिकाको योजना बनाउँदा, ती योजनाहरुको वितरण गर्दा, ठाउँ छनोट गर्दा, जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेर जनतालाई विश्वास दिलाउन चाहन्छु । त्यसरी काम गर्दा कुनै दलविशेषको नभएर विसुद्ध जनताको जनप्रतिनिधि भएर निष्पक्ष ढंगले काम गर्ने छु । म नगरपालिकाभित्र जाँदा दलको प्रतिनिधि होइन कि जनताको जनप्रतिनिधिको हैसियतले जाने छु । र, सबैको काम गरेर उपेन्द्र पोखरेल साच्चीकै जनप्रतिनिधि हो भन्ने देखाउन चाहन्छु । मकहाँ कामको लागि आउँदा सबैले निधक्क भएर आउँदा हुन्छ । म यो दल, ऊ दल नभनी सबैको निष्पक्ष ढंगले काम गर्छु । नगरपालिका सबै नगरवासीको हो । म उहाँकै काम गर्ने सेवक हुँ । उहाँहरुको सेवा गर्नु मेरो कर्तव्य र दायित्व हो ।

चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दा के/कस्ता जनगुनासाहरु पाउनुभयो ?

म जनताका घरदैलोमा पुग्दा आयमुलक बन्ने, स्वरोजगारमुखी बन्ने जस्ता उहाँहरुले अपेक्षा गरेको भन्दा पनि आपैmले महसुस गरेका कामहरु छन् । अहिले पनि फुर्सद हुनेबित्तिकै मोटर साइकिलमा जनताका समस्या बुझ्न घर–घरमा पुगिरहेको हुन्छ । त्यसमा विभिन्न समस्याहरु भेटिन्छन् जस्तो बाटोघाटो, खानेपानी, सरसफाइ, सिंचाईं आदि समस्या समाधानका लागि हेर्दै हिडिँरहेको हुन्छु । यसरी घुम्नेक्रममा जनताका धेरै आशाहरु भएको पाएको छु ।

कमला नदी नियन्त्रण र विपदव्यवस्थापनको लागि कस्तो योजना बनाउनुभएको छ ?

त्यसको लागि म निर्वाचित भएर आइसकेपछि पहिला कमला नदी नियन्त्रण र विपद व्यवस्थापनको लागि हामीले पहिलो कार्यपालिकाको बैठकबाटै निर्णय गरेका छौं । त्यसको लागि तारजाली, रेस्क्युको लागि सेना, प्रहरी, रेक्रससँग सन्वय गरेर अगाडि बढ्ने सहमति गरेका छौं । त्यससँगै त्रिपाल, खाद्यान्न, भाँडाकुडाको व्यवस्थापनको लागि पनि तयारीमा जुटेका छौं । कतै पहिराले घर तान्न लाग्यो भने त्यसको उद्दारको लागि पनि तयारी गरेका छौं । बाढी टोलवस्तीमा छिर्न लाग्यो भने त्यसलाई रोकथाम गर्न तारजातीको तयारी गरेका छौं । यसरी मौसमअनुसार आइपर्ने विपदव्यवस्थापनको लागि हामीले उच्च महत्वका साथ तयारी थालेका छौं ।

कमलामाई नगरभित्र ओझेलमा परेको ठाउँ कुन पाउनुभयो ?

कुनै ठाउँविशेष भन्दा पनि सबैतिर भौगोलिक अवस्था अनुसार विविध समस्याहरु छन् । कमलामाई नगरपालिकाका सबै ठाउँमा आ–आफ्नै समस्याहरु देखिएका छन् । कुनैमा ठाउँमा बाटो कालोपत्रे गर्नुपर्ने, कुनै ठाउँमा खानेपानीको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटोको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटो पुगेर पनि राम्रो प्राधिविकहरुको कमी सञ्चालन हुन नसकेका, कतै ढल र नालाको व्यवस्था नभएर बाटो बिग्रिएका छन् । कतै पुल नभएर आवतजाओतमा समस्या देखिएका छन् । कतै घरपाएकमा विद्यालय नभएर विद्यार्थी स्कुल जानबाट बञ्चित हुनुपरेको छ । कतै जग्गाजमीन राम्रो छ तर सिंचाईको व्यवस्था नभएर बाँभैm बसेका छन् । कतै बाटो चाहीं पुगेका छ तर प्राविधिक र भौतिक संरचना गतिलो नभएर यातायातमा बाधा पुगेका छन् । कर्त खोलाले खतबारी, घरघडेरी कटान गरेर समस्यामा परेका छन् । यो चाहीं क्षेत्र ठीक छ भनेर चित्त बुझाउने ठाउँ छैन । यसरी हरेक क्षेत्रमा जनतालाई समस्याले गाँजेको देखेर म चिन्तित छु ।

यसलाई सुधार गर्न कस्तो कार्ययोजना ल्याउनुपर्छ जस्तो लाग्छ ?

यस्तो हुनुमा चाहीं नगरपालिकामा जति कर उठ्छ त्यो भन्दा बढी खर्च हुनेगरी कर्मचारीदेखि अन्य भर्ती केन्द्र बनाउने गरेका यस्तो भएको जस्तो लाग्छ । कामभन्दा पनि एकदमै ‘ओभर स्टाफ’ राखिएको छ । यो हेर्दा मलाई पुरै भर्ती केन्द्र बनाइएको जस्तो लाग्यो । मैले कमलामाई नगरपालिकाका सबै वडाहरुमा देखेँ त्यहाँ जनताका पीरमर्का बुझ्ने र विकास निर्माण गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउने भर्ती केन्द्र बनाएको पाएँ । यसभन्दा पहिला नगरपालिका र वडाहरुमा नजताको पसिनाबाट जम्मा गरिएको करबाट आफ्ना कार्यकर्ता, आफन्त पोस्ने गरेको पाएँ । जनताको काम गर्ने दक्ष जनशक्ति छैनन् । खाली जागिर खुवाउने काम गरिएको रहेछ । अब यो प्रवृत्तिको अन्त्य गरेर आफ्नो योग्यता, क्षमता र दक्षको आधारमा कामको प्रकृति हेरेर दक्ष जनशक्तिमार्पmत जनताको सेवा गर्ने थलोको रुपमा नगरपालिका र वडा कार्यालयको विकास गर्नुपर्ने छ । अब अनावश्यक खर्च कटौती गरेर मितव्ययिता अपनाएर विकास निर्माणमा अगाडि बढ्ने छौं । त्यसको लागि हाम्रा भन्दा पनि राम्रा, योग्य जनताका जल्दाबल्दा समस्या बुझेर काम गर्ने कर्मचारी हुनुपर्छ । आउँदा दिनमा जनताको काम गर्दा चुस्तदुरुस्त ढंगले छिटोछरितो गरी काम गर्ने छौं । कर्मचारीहरुमा पनि अब हामी त्यो अवस्था सिर्जना गर्दछौं । जनताको पसिनाबाट जम्मा भएको कर विकास निर्माण र जनताको सेवामा खर्च गर्ने गरी काम गर्ने छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *