विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


काठमाडौं । उदयपुर, सुनसरी र मोरङमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उदयपुरको कटारी नगरपालिका–५ तिनतले बस्ने ३४ वर्षीया मंगली सदा आइतबार सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार धान रोप्न गएकी मंगली सबै साथीहरु खाजा खान गएपनि मेलो सकाई आउँछु भनि बसेकी थिइन् । खाजा खाएर साथीहरू फर्केर आउँदा उनी मृत फेला परेको बताइएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोक बस्ने पपुलाल उराउको छोरा ५ वर्षीय आकाश उराउ घर नजिकैको बाहुनी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसोदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

सुनसरीकै ईनरुवा नगरपालिका–२ रामजानकी टोल बस्ने ६५ वर्षीय गंगाराम मण्डल घर नजिकैको नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बेलुकीदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

मोरङको रंगेली नगरपालिका–९ सखुवाथान बस्ने ४० वर्षीय हावा मरण्डी घरबाट ५ सय मिटर टाढा रहेको रंगेली कानेपोखरी सडक खण्डमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *