पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध 

काठमाडौं । पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् ।  बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

अस्थाइ प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *