कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा १२०औँमा क्रियाशील सदस्य (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् ।

वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् ।

१२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा क्रियाशील सदस्य र १२१औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ । वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।

उक्त जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *