गरिमा विकासले चण्डेश्वरी अस्पतालमा गर्याे वृक्षारोपण

काठमाडौँ । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो । बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै वृक्षारोपण गरेको बैंकले जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल उपस्थिती रहेको थियो । गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *