एनआईसी एशिया बैंकमा अब खातामा पैसा सिधै मेसिनबाट

काठमाडौँ । एनआईसी एशिया बैंकले क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा नगद रकम सोझै मेसिनबाट बैंक खातामा जम्मा गर्न सक्नेछन् । यस मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ ।

यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने र राख्ने बक्स खुल्नेछ । उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ । बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *