श्रीलङ्काको द्वन्द्व र प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्नु आवश्यक: संयुक्त राष्ट्रसंघ प्रमुख   

न्यूयोर्क  । श्रीलङ्कामा जारी अशान्तिका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । ट्वीट गर्दै संयुक्त राष्ट्रसंघका प्रमुखले श्रीलङ्काका सबै राजनीतिक दलका नेताहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले जारी सङ्क्रमणकालीन अवस्थामा आवश्यक सम्झौता गर्न आग्रह गरेका छन् । “म श्रीलङ्काको अवस्थालाई नजिकबाट नियालिरहेको छु। घटनाका मूल कारणहरू महत्त्वपूर्ण छन् ” उनले लेखेका छन् ।    
बुधबार ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू श्रीलङ्काका प्रधानमन्त्रीको निवासबाहिर जम्मा भएर उनको कार्यालय कब्जा गरेका थिए। कोलम्बोको सडकमा प्रदर्शनकारीहरूलाई हटाउन सुरक्षाकर्मीहरूले अश्रुग्यास समेत प्रहार गरेका थिए।    
जारी राजनीतिक-आर्थिक अस्थिरताका बीच माल्दिभ्स भागेका विवादित राष्ट्रपति गोटाबाया राजापाक्षेले आज प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेपछि घटनाक्रम थप नयाँ ढङ्गले अगाडि बढेको हो ।    
श्रीलङ्काको रक्षा मन्त्रालयको पूर्ण स्वीकृतिपछि श्रीमती र दुई अङ्गरक्षकसहित बुधबार माल्दिभ्स भागेका गोटाबाया राजापाक्षे सिङ्गापुर जाने अपेक्षा गरिएको छ ।    
राजापाक्षे र उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू आज राति मालेबाट सिङ्गापुर जाने अपेक्षा गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।    
यसैबीच, उनका लागि निजी विमानको व्यवस्था गर्न लागिएको पनि सञ्चार माध्यमले जनाएका छन्।    
यस घटनालाई लिएर, बार एसोसिएसन अफ श्रीलङ्काले प्रदर्शनकारीहरूलाई ‘सरकारी कार्यालयहरू कब्जा गर्ने र क्षति पुर्यााउने कार्यलाई अनुपयुक्त भन्दै तत्काल प्रधानमन्त्रीको कार्यालय सम्बन्धित अधिकारीहरूलाई फिर्ता गर्न आग्रह गरेको छ। ।    
यसैबीच, नवनियुक्त कार्यबाहाक राष्ट्रपति विक्रमासिङ्घेले बिहीबार देशभर निषेधाज्ञा जारी गरेका छन् ।    
७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले उनको निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए र उनले बुधबार राजीनामा पत्र बुझाउने घोषणा गरेका थिए।    
देशले इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहेको छ । साथै बढ्दो मुद्रास्फीतिको कारण स्वतन्त्रताको लामो समयपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।    

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *