नागरिकता विधेयक बहुमतले पारित

काठमाडाैँ । प्रतिनिधि सभाबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संसदबाट बहुमतले पारित भएकाे छ ।

विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए । विधेयकमाथि बिहीवार र शुक्रवार दफावार छलफल भएको थियो ।

सरकारले वैवाहिक अंगीकृतमा मौन रहेर गैरआवासीय नागरिकतालाई समेटेर नयाँ विधेयक ल्याएको हाे ।

प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको हो ।

विधेयकले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ ।

यस्तै नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था विधेयकले गरेको छ । विधेयकअनुसार नेपालमा फेला परेर तर, बाबु र आमाको ठेगान नभएका नाबालकलाई पनि वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *