विश्वराज पोखरेलको रिट खारेज, सिंह नै आईजीपी रहने

काठमाडौं । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलको रिट खारेज गरेको छ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। रिट खारेज गरेसँगै धीरज प्रताप सिंह नै प्रहरीको आईजी कायम रहने भएका छन्। अदालतको फैसलासँगै एआईजी पोखरेलको आईजी हुने सम्भावना समाप्त भएको छ।

पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए । पोखरेल आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता काममा फर्किएका छैनन् । अब एक महिना कार्यकाल बाँकी रहेका उनले राजीनामा दिने सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *