आगामी निर्वाचनमा पार्टीमा अन्तर्घात भएन भने मेरो पक्षमा जना लहर आउछ – कर्म वेञ्जनकार, युवा नेता, नेपाली कांग्रेस, ललितपुर

नेविसंघबाट पार्टी राजनीतिमा उदीमान नेता हुन् कर्म बेञ्जनकार । ललितपुरका स्थायी वासिन्दा बेञ्जनकार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीति थालेका उनले सह–सचिव र सचिवको भूमिका निर्वाह गरिसकेका छन् । नेपाली कांग्रेसको १२ औं र १४ औं महाधिवेशनमा प्रतिनिधि विजयी वेञ्जनकार पार्टी राजनीतिसँगै समाजसेवामा त्यत्तिकै पोख्त छन् । राजनीति र समाजसेवालाई एकसाथ अगाडि बढाएका उनी इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । पार्टी संगठनमा दत्तचित्त उनी आगामी आमनिर्वाचनमा प्रदेश सांसदमा उठ्ने इच्छा देखाउँछन् । उनै वेञ्जनकारसँग आगामी आमनिर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

यहाँले विद्यार्थी राजनीति कहाँबाट थाल्नुभयो ?
मैले विद्यार्थी राजनीति चाहीं कम्युनिस्टहरुको गड भनेर चिनिने पाटन संयुक्त क्याम्पसबाट थालेको हुँ । २०५३ सालमा पाटन क्याम्पसमा म सह–सचिवमा विजयी भएको थिए । त्यसबेला अनन्तकृष्ण श्रेष्ठ सभापति हुनुहुन्थ्यो । २०५३ कार्यसमितिमा सह–सचिव भएर काम गरेँ । फेरि २०५५ सालमा सचिव पदमा जित्न सफल भएँ । २०५५ सालमा म सचिव हुँदा केदारमान सिंह बस्न्यात सभापति हुनुहुन्थ्यो । यसरी अनन्तकृष्ण श्रेष्ठको कार्यसमितिमा सह–सचिव र केदारमानसिंह बस्न्यातको कार्यसमितिमा पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा केदारमान सिंह बस्न्यात सभापति र सचिव विजयी भएका हौं । २०५९ सालमा पार्टी फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) भयो । त्यतिबेला मलाई नेपाली कांग्रेस प्रजातान्त्रिको भ्रातृ संस्था नेविसंघ प्रजातान्त्रिकबाट पाटन क्याम्पस स्ववियु सभापतिमा टिकट पाएँ । त्यसबेला नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच प्रतिस्पर्धा भएपछि हारियो ।

विद्यार्थी राजनीतिसँगै २०५९ सालबाट नेपाली कांग्रेस पार्टी राजनीतिमा लाग्नुभयो हो ?
हो । जब पाटन संयुक्त क्याम्पस जस्तो कम्युनिस्टहरुको गड भएको ठाउँमा हामीले संगठन गरेर नेविसंघलाई जित्न र जिताउन सफल भयौं । दुई÷दुई कार्यकाल सानदार मतका साथ अनन्तकृष्ण श्रेष्ठ र केदारमानसिंह बस्न्यातको नेतृत्वमा मैले एक कार्यकाल सह–सचिव र एक कार्यकाल सचिव पदमा रहेर काम गर्ने अवसर प्राप्त गरेँ । पाटन क्याम्पसलाई कम्युनिस्टको अखडाबाट खोसेर नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको पोल्टामा ल्याउन सफल भएका थियौं । नेविसंघलाई सानदार मतले जित्न÷जिताउन सफल भयौं । जब पार्टी नै फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक भयो । त्यतिबेला हामीले पाटन क्याम्पसमा हारा खानुप¥यो । पार्टी फुटेपछि पाटन क्याम्पसमा टेविसंघको संगठन चकनाचुर भयो । स्ववियु पनि कांग्रेसबीच लडाइँले कम्युनिस्टहरुको कब्जामा गयो । विद्यार्थी राजनीति यतिकैमा सकियो । त्यसपछि पार्टी राजनीतिमा लागियो । पार्टी राजनीतिमा आइसकेपछि जिल्ला कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष भएर काम गरेँ ।

अहिले पार्टी राजनीतिको कुन पोजिसनमा हुनुहुन्छ ?
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि थिएँ अहिले १४ औं महाधिवेशनमा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको छु । समाजसेवा र राजनीतिमा काम गर्ने मान्छेलाई पद चाहिन्छ भन्ने छैन । तर, अहिले पार्टी संगठनमा लाग्नुभन्दा पदलाई केन्द्रमा राखेर लाग्नेहरुको भिड छ । मैले पार्टीमो त्यति ठूलो जिम्मेवारी र पद नपाउँदा पनि नेपाली कांग्रेसलाई बलियो बनाउन धेरै संघर्ष गरेको छु । माओवादीको दबदबा हुँदा मेरो घर, टोल, छिमेकतिर कांग्रेस भएर बाँच्न गाह्रो हुन्थ्यो । अहिले त्यो ठाउँको वडा कार्यसमिति कांग्रेसले प्यानलै जितेको छ ।
ललितपुर जिल्लामा नेपाली कांग्रेस अवस्था कस्तो देख्नुहुन्छ ?
नेपाली कांग्रेसलाई अरु पार्टीले कहिल्यै हराउन सक्दैन । जति ठाउँमा कांग्रेस हार खानुपरेको अधिकांश ठाउँमा पार्टीभित्रको आन्तरिक कलहकै कारण हो । ललितपुरको हकमा भन्नुपर्दा पनि दावी गरेकामध्ये जसले टिकट पाउँछन् । तिनको पक्षमा सबै कांग्रेसजन एकजुट भएर लागिपर्ने हो भने तिनै क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सक्छ । त्यसको लागि चुनाव अगाडि आ–आफूले टिकटको दावी गरे तापनि साथीले टिकट पाइसकेपछि सबैजनाले एकजुट भएर लाग्नुपर्छ । सबै कांग्रेस

आगामी आमनिर्वाचनमा गठबन्धनको आवश्यक पर्दैन ?
ललितपुर जिल्लाको हकमा चुनावै जित्नको लागि गठबन्धनको आवश्यक पर्दैन तर हामी कांग्रेसीहरु एकजुट हुनुपर्छ चुनाव सहज रुपमा जित्न सकिन्छ । हामीहरु चुनावका बेला जसले आधिकारिक रुपमा टिकट पाउनुहुन्छ, उहाँको पक्षमा एकजुट भएर लाग्ने हो भने चुनाव जित्नकै लागि अन्य पार्टीको ढोका चियाउनुपर्दैन । अगाडि पनि मैले भनिसकेको छु । हाम्रो पार्टीभित्र अन्तर्घातको समस्या छ । हरेक निर्वाचनमा कांग्रेभित्र खड्किएको विषय हो । त्यसलाई सुधार गर्न नेता, कार्यकर्ता सबै एकजुट भएर लाग्नुपर्छ । पदभन्दा संगठनलाई अगाडि बढाउनुपर्छ । इमान्दार कार्यकर्ता चिन्नुपर्छ त्यो भयो भने आगामी आमनिर्वाचनमा कांग्रेसले ललितपुरका सबैं क्षेत्रको संघ र प्रदेश निर्वाचन आनन्दले जित्छ । त्यसमा सबैले इमानदारपूर्वक लागिपर्नुपर्छ । तपाईंको मिडियामार्पmत सम्पूर्ण नेता, कार्यकर्तालाई अनुरोध पनि गर्न चाहन्छु ।

प्रदेश सांसदमा तपाईंको दावी रहन्छ कि रहँदैन ?
राजनीति गर्ने मान्छेले चुनावबाट भाग्नु कुरै आउँदैन । मेरो योगदानको मूल्यांकन गरेर पार्टीले टिकट दिएको खण्डमा चुनाव लड्ने पक्षमा छु । आगामी आमनिर्वाचनमा ललितपुर जिल्लाबाट प्रदेश सांसदमा मेरो सशक्त दावी रहन्छ । अहिले पनि ललितपुर जिल्लाबाट मात्रै चारजना केन्द्रीय सदस्य निर्वाचित हुनुहुन्छ । उहाँहरुले कत्तिको मूल्यांकन गर्नुहुन्छ । चार जना केन्द्रीय सदस्य भएको जिल्लाबाट कांग्रेसले निर्वाचन हार्ने कुरै छैन । मेरो वडा कुनै बेला कम्युनिस्टहरुको अखडा भनेर चिनिन्थ्यो । म विद्यार्थी राजनीतिमा हुँदा माओवादी द्वन्द्वका बेला कांग्रेस भएर बाँच्न गाह्रो थियो । अहिले मेरो वडामा पहिलो कार्यसमिति पनि पुरै कांग्रेसले जितेको हो । अहिले पनि कांग्रेसले वडा अध्यक्षदेखि सदस्यसम्म प्यानलै जितेको छ ।
कांग्रेसले तपाईंलाई प्रदेश सभामा टिकट दिएको खण्डमा जित्ने आधार के छ ?
मेरो क्षेत्र नं. प्रदेश ‘ख’ मा पर्छ । मेरो क्षेत्रमा स्थानीय निर्वाचनमा अधिकांश वडा कांग्रेसले जितेको छ । प्रदेश ‘ख’ मा दुईवटा वडामा कांग्रेसले हारेको अरुमा कांग्रेसले नै जितेको छ । यी जितेका वडाहरुमा मैले घर÷घरमा गएर संगठन गरेको छु । ती वडाहरुमा राजनीतिक र सामाजिक दुवै क्षेत्रबाट मैले काम गरेको छु । यी वडाहरुमा मैले राजनीतिक पद नहुँदा पनि जनताका दुःखसुखमा सधैं हातेमालो गरेको छु । त्यो कुरा यहाँका स्थानीय वासीहरुलाई राम्रो थाहा छ । त्यसैले निर्वाचनमा अन्तर्घात भएन भने मैले मजाले चुनाव जित्छु । म विद्यार्थी राजनीति गर्दा पनि हरेकको घर–घरमा पुगेर भोट माग्ने काम गर्दथेँ । त्यसबेलादेखि मलाई मेरो क्षेत्रका जनताले राम्रोसँग चिन्छन् । त्यो नै मेरो चुनाव जित्ने दरिलो आधार हो । मलगायत धेरै प्रतिस्पर्धी साथीहरु हुनुहुन्छ । सबैले टिकटको लागि आकांक्षा गर्नुहुन्छ । त्यो राजनीति गर्ने मान्छेले खोज्छ पनि । तर, आकांक्षा गर्दैमा सबैले टिकट पाइहाल्छन् भन्ने छैन । सिट थोरै हुन्छ आकांक्षा गर्ने धेरै हुन्छन् । त्यो सबै पार्टीमा हुन्छ । तर, टिकट पाइसकेपछि जसले पार्टीको विश्वास जितेर टिकट लिएर आएका हुन्छ । उसलाई सबैले एकजुट भएर सहयोग गर्ने वातावरण हुनुपर्छ । त्यसमा सबैले इमान्दारितापूर्वक काम गर्नुपर्छ । अहिलेसम्म खड्किएको भनेको आपूmले टिकट नपाउनेबित्तिकै असहयोग गर्ने चलन छ । त्यसलाई सबैले त्याग्नुपर्छ । यहाँ व्यक्तिको पदभन्दा संस्कार ठूलो कुरा हो ।

चुनावका बेला गरिएको अन्तर्घातले पार्टीमा कस्तो क्षति पुग्छ ?
अहिलेसम्म कांग्रेसको रोग भनेको अन्तर्घात हो । राजनीति गर्ने मान्छेले चुनावमा उठ्न इच्छा राख्नु नैसर्गिक अधिकार हो । तर, टिकटको दावी गर्दागर्दै मैले पाए ठिक अरु पाए बेठिक भन्ने प्रचलन छ । त्यसलाई परित्याग गर्नुपर्छ । आन्तरिक झगडाका कारण अर्को पार्टीले चुनाव जित्यो भने त त्यहाँको संगठन ध्वस्त हुन्छ भन्ने कुरामा सबैले ख्याल गर्नुपर्छ । कांग्रेसभित्र अहिले अन्तर्घातको रोग नराम्रोसँगले गहिरिएको छ । त्यसलाई निमिट्यान्न पार्नेगरी हामीले भूमिका खेल्नुपर्छ । मेरो पहिलादेखिको सोच पनि त्यहीं नै हो । स्थानीय निर्वाचनमा पनि अन्तर्घातको ठूलो असर देखिएको छ । ललितपुरको हकमा त्यो छैन तर अन्य ठाउँका साथीहरुमा अन्तर्घातको रोगले नराम्रोसँग गाँजेको छ ।

तपाईंले टिकटको दावी गर्दागर्दै अर्कोले पायो भने सहयोग गर्नुहुन्छ ?
मैले दावी गर्दागर्दै अर्को व्यक्तिलाई पार्टीले पत्याएर टिकट दियो भने मैले उहाँलाई सहयोग गर्नुपर्छ । विद्रोही उठेर हराउने काम कदापी गर्नुहुँदैन । अहिलेसम्म ललितपुरमा नहोला तर देशका अधिकांश ठाउँमा त्यस्तो भएको छ । तर, यदि मैले दावी गर्दैगर्दै पार्टीले अर्को व्यक्तिलाई टिकट दिएर पठाएको खण्डमा मेरो तर्पmबाट उहाँलाई राम्रो सहयोग र समर्थन हुन्छ । मैले टिकट पाइँन भन्दैमा पार्टीले हार्नेगरी मेरो भूमिका कहिल्यै हुँदैन । मेरो क्षेत्रमा अरुले टिकट लिएर आउनुभयो भने उहाँको पक्षमा खुलेर सहयोग गर्न तयार छु । यो नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र निष्ठामा भर पर्ने कुरा हो । त्यसबाट म एकरत्ति पनि विचलित हुनेवाला छैन । आपूmले टिकट नपाउँदैमा पार्टीले हार्ने काम मबाट कहिल्यै हुँदैन ।

तपाईंंले प्रदेश सांसद उठ्ने इच्छा गरिरहँदा ललितपुरमा विकासमा खड्किएको क्षेत्र कुन हो ?
ललितपुरको हकमा कुरा गर्नुपर्दा यहाँ बाटो, विजुली, सरसफाइ लगभग सबैठाउँमा पर्यातप्त नै छ । अर्को उपत्यकामा खानेपानीको समस्या छ । त्यसको व्यवस्थापन पनि भइरहेको छ । त्यसपछि सम्भावना भएको तर विस्तारै ओझेलमा पर्दै गएको भनेको पर्यटन प्रवद्र्धन हो । यहाँका ऐतिहासिक मठमन्दिर, कलाकीर्ति, चाडपर्व, जात्रा मेला, भेषभुषा आदि महत्वपूर्ण विषय हुन् । परापूर्वकालदेखि चलिआएका रितिरिवाज, परम्परागत शैली, दरबार स्वायर, कुम्भेश्वर मन्दिरलगायत थुप्रै ऐतिहासिक र पूरातात्विक विषयहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । यसको लागि वास्तविकतालाई जोगाएर पुनर्संरचना गर्नुगर्नुपर्ने देखिन्छ । पाटन देरबार २०७२ सालको भूकम्पले कमजोर भएको छ । त्यसको कलाकीर्ति नमासिनेगरी पुनर्संरचना गर्नुपर्ने देखिन्छ । अर्को सरसफाइ पनि त्यत्तिकै आवश्यक छ । यी कुरामा ध्यान दिने हो भने ललितपुर जिल्ला पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिन्छ । पर्यटनको हिसावले आर्थिक उन्नति र सरोजगारीको पनि राम्रो स्रोत बन्ने देखिन्छ । खासगरी फोकस गर्नुपर्ने भनेको गोल्डेन टेम्पल, कुम्भेश्वरको पाँचतले मन्दिर विश्व सम्पदामा परेका स्थान हुन् ।
अन्त्यमा केही भन्नु छ ?
मेरो वडा पहिला कम्युनिस्टमय थियो । त्यहाँ कांग्रेस भन्न पनि डराउनुपर्ने हुन्थ्यो । एकताका कांग्रेस भन्यो कि कम्युनिस्टहरुले लखेटिहाल्थे । त्यस्तो ठाउँमा मैले कांग्रेसको संगठन गरेर अहिले त्यो वडा दुई कार्यकालसम्म प्यानलै जित्न सफल भएको छ । २०४६ सालदेखि कम्युनिस्टहरुले एकलौटी ढंगले खाएको ठाउँमा हामीले कांग्रेसको संगठन गर्दागर्दा अहिले आएर केही बाहेक सबै वडा कांग्रेसले जितेको छ । त्यो मलगायत अन्य साथीहरुको मेहनतले भएको हो । त्यो पनि मेरो प्रदेश सभामा उठ्ने एउटा आधार हो । अर्को समाजसेवाको माध्यमबाट पनि मैले धेरैलाई कांग्रेसमा ल्याउने काम गरेको छु । त्यसै आधारमा मैले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेश सभामा उठ्ने विचार गरेको छु । त्यसमा मेरो योगदानको पार्टीले राम्रोसँग मूल्यांकन गर्ने हो भने टिकट मैले नै पाउँछु भन्नेमा विश्वस्त छु ।

–––

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *