अस्ट्रेलियामा देखाइयो ‘बद्री बहादुर’


काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को शनिबार अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिजअघि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक शोभित बस्नेतले गरेका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।

फिल्म रिलिजका लागि शोभित केही समयअघि अस्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । फिल्मको अझै तीन सहरमा समेत शो गरिनेछ । नेपालमा भने फिल्म चाँडै रिलिज हुनेछ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजयगोपाल दली र निर्माता मिथुन भोटे रहेका छन् ।

फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन् । पिःल्ममा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा डेव्यु गरेकी छिन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ । ‘बद्री बहादुर’मा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *