ज्योति विकास बैंकको नाफा ४१.४६ प्रतिशतले घट्यो


काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरणयोग्य नाफा भने ४१.४६ प्रतिशतले घटेर ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ६० करोड ३० लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.२३ प्रतिशत र सञ्चालन नाफा ५.५० प्रतिशतले बढेको छ । यसको खराब कर्जा ०.८४ प्रतिशतबाट बढेर १.४२ प्रतिशत भएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसाले घटेर १६ रुपैयाँ ४४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *