बालेनलाई उद्योगी व्यवसायीको आग्रह ः व्यापारीमाथिको हस्तक्षेप रोक्नुस्


काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघको आपतकालीन बैठक सकिएको छ । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारी माथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । मेयर साहलाई थप व्यापारीमाथिको हस्तक्षेष रोक्न र वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गर्ने निर्णय भयो, संघका सहकोषाध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।
महानगरको सर्वपक्षीय विकासका लागि उद्योगी व्यवसायीहरुले सधैं सक्रिय र क्रियाशील हुँदै आएको भन्दै संघले विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग समेत गरेको छ । व्यवसायलाई अन्य स्थानमा पुनर्स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको भन्दै संघले समय थप गरी यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कारबाही गर्न माग गरेको छ । एकतर्फी रुपमा जबरजस्ती व्यवसायीहरुलाई विस्थापित हुने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि संघले महानगरसँग अनुरोध समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *