नेपाली एक्सन चलचित्र “सोल अफ द कमाण्डो” को बेलायतमा भब्य प्रदर्शन

काठमाडौँ । चर्चित तेक्वान्दो खेलाडी एबम् ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र “सोल अफ द कमाण्डो” को बेलायतमा भब्य प्रदर्शन भएको छ । बेलायतको अल्डसर्ट स्थित प्रिसेन्स हलमा शनिवार रेड कार्पेट सहित भब्य समारोहका साथ चलचित्रको प्रिमियर शो सम्पन्न गरिएको हो ।

बिदेशी चलचित्रकर्मीहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली सिने जगतका अधिकाशं चर्चित लोकप्रिय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शो मा सहभागी अधिकाशं दर्शकहरुले चलचित्र अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिएका छन । प्रिमियर शो मा छ सय भन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो । दर्शकहरुको सकरात्मक प्रतिक्रियाले आफुलाई झन आत्मबिश्वास बढाएको र आगामी दिनहरु यो भन्दा अझ राम्रो चलचित्र निर्माणको लागी हौसला प्रदान गरेको चलचित्रका मुख्य कलाकार एबम निर्माता राजकुमार राईले बताए । चलचित्रको पहिलो प्रिमियर शो भब्यताका साथ सफल भएसँगै अब बेलायतको अरु विभिन्न मुख्य शहरहरुमा पनी चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्र निर्माण टिमले जनाएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपाल लगायत बिभिन्न देशमा समेत छाँयांकन गरिएको चलचित्र “सोल अफ द कमाण्डो” ले नेपाली एक्सन चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास आयोजक पक्षको रहेको छ । युवराज राई (वीरबहादुर) द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पुर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *