तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्ण्ुाता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रुपमा लिने गरेको उल्लेख गरेका छन् । समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न पार्टीले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन महिला दिदीबहिनीको बलियो साथ रहने उनले विश्वास व्यक्त गरेका छन् ।

“समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न एमालेले निर्धारण गरेको समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा मुलुकलाई पुर्‍याउन आवश्यक छ”, अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ, “हामी स्पष्ट नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना तथा आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *