विभिन्न स्थानमा सवारी साधन दुर्घटना हुदाँ ६ जनाको मृत्यु   

काठमाडौं । रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् । 

लु.४१ प ४१६८ र लु.४८ प ३२४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । त्यसपछि लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनः लु.१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किन पुगेको थियो ।  दुर्घटनामा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बझाङको केदारस्युँ गाउँपालिका–१ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यृ भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडा रहेका छन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।  

पर्साको वीरगन्ज महानगरपालिका–१५ ब्रमचोकमा ना.७ ख १८३७ नम्बरको बसले ना.४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय तुल्सी साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको विराटनगर महानगरपालिका–१८ देवन पेट्रोल पम्प छेउस्थित कर्ल्बटमा साईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री जहदा गाउँपालिका–१ भुटाहा बस्ने ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । उनको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।  

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । उनको बुधबार साँझ मृत्यु भएको  हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो  । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।   

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *