नेपाली कांग्रेसले शहिदका सपना पूरा गर्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेस अहिलेको अवस्थामा जनताका लागि सहि गन्तव्य लिनु पर्छ भन्ने मान्यतालाई बुझेर गत चुनावको सम्झनालाई ख्याल गरेर आफ्ना कदम चाल्नु उचित हुन्छ । कसैका लागि होइन आफ्नै लागि यो एउटा जनताले हामिलाई गत २०७४ को चुनावले खुलाई सकेको अबसरलाई पनि विचार विमर्श गरेर जनता सामु हासि खुसि घरदैलो कार्यक्रमलाई निरन्तरता दिनु अति आवश्यक छ । आगामि चुनाव नेपाली काङग्रेसको काधमा ठूलो एवं महत्वपूर्ण जिम्मेवारीलाई बिचार गरेर बढो गम्भीरताका साथ कदम चाल्नु पर्नेछ । जनताले सबै राजनितीदलहरू प्रति वितृष्णा जगाई रहेको हुदा आगामि चुनावमा आफ्ना एजेन्डालाई पूर्ण पालना गर्नेछु र सहि सत्यतालाई आधार मानि नेपाली काङग्रेसले कदम चाल्नेछ भनि जनताका सामू प्रखर भै अगाडि बढनु जरुर छ ।

नेपाली काङग्रेसले आगामि चुनावमा हाम्रो होईन राम्रो र सहि सत्य र इमानदार व्यक्तिलाई योग्य उमेदवार सहभागि गराउनु जरुर छ । किनभने वडाका लागि उम्मेदवार संयुक्त रुपमा रहेका साथिहरु कतै कतै अपवादले रुष्टिएको पाइएको अवस्था देखिएको हुदा आगामि २०७९, साल मङ्सिर ४ गते हुने संशदिय चुनावमा सबैको मुहारवाट मन मुटाव हटाउ नेपाली काँग्रेस जिताउ भन्ने नारा हामी सबैको मुखार बिन्दबाट एउटै आवाज बुलन्द हुनु जरुर ठान्दछु । हाम्रो देश नेपाल गरीब छ ,बिकास निर्माण आवश्यक मात्रामा हुन नसकि लाखौ युवाहरू किन बिदेश गै आफ्ना दुख कष्टले पारीवारीक गुजारा चलाई रहेका छन । हामिले अव राज्यमै रोजगारी धन्दा दिने वातावरण मिलाउनु पर्छ भन्ने नेतालाई बिजय गराउनु जरुर छ

राष्ट्र रोई रहेको छ धर्ती माता आशु झारी रहेकी छिन । मेरा एउटा पनि सपुत पुत्र भएनन् भन्ने आवाज सधै गुन्जाई रहन्छिन भने हाम्रा लागि दुर्भाग्य अभिसाप अरु कुनै हुन सक्दैन र के नै छ होला हाम्रा नेपाली दाजुभाइलाई प्रलोभन देखाई हर प्रयासले बिदेशमा जान वाध्य तुल्याई दिनु र नेपाल सरकारले पूर्ण रुपमा कल कारखानालाई सञ्चालन नगरी जनताका साथ अगाडि बढ्न नसक्नु पनि ठूलो चुनौती थपिदै गएको अवस्थालाई अव नेपालीकाङग्रेस ले सहि ब्यायाम गरेर सहि बिचारले जनताका सामु निउरीएर वा आत्म आलोचना गरेर नौलो आभाष हुने षडयन्त्र वनाई बहुमत प्राप्त गर्न सकिने आधार बनाई जनताका घर दैलोमा गएर फोहर कसिङ्गर फाल्दै हिड्नु जरुरी छ ।

यदि अव पनि नेपाली काँग्रेसले मन मुताबमै अल्झने हो भने एक त राज्यले ठोस गन्तव्य लिई रहेको अबस्था नभएको र अर्को तिर राज्यबाट वर्षेनी लाखौ युवा गन्तव्य बिहीन भै बिदेश पलाएन भै रहने हो भने २० औ पुस्ता पछि सायद नेपालमा अन्य मुलुकले हस्तछेप गरी नेपालको नाम नै पलायन पो हुने हो कि भन्ने ठूलो सम्भावना रहेकोले नेपाली काङ्ग्रेसले नै यस विषयमा महत्वपूर्ण सोचनिय अवस्था आईरहेको छ ।

हामि सदा सर्वदा आफ्नो भलाई गर्नका लागि नेपालमा पक्कै जन्मेका मात्रै हैनौ । हामिले आफ्ना लागि भन्दा पनि राष्ट्र के हो राष्ट्रप्रति कसरी माया जगाई जनताका लागि कसरी बफादारी बनिन्छ त्यो बडो गम्भिरताका साथ जिम्मेवारीको अवस्था भै रहेको महसुस किन गरी रहेका छैनौ भन्ने आम जनताको नैराश्य भावनाको भनाइबाट नै पुष्ट्याई भै रहेको अवस्थालाई अव पनि राजनितीदलबाट सुनिश्चित गन्तव्य नदिने हो भने हामी नेताहरुवाट आफ्नो मूल्य अबस्य चूकाउनु पर्छ भन्ने अहिलेको जनलहरको सङ्केतले जनाई सकेको छ । जव सम्म कानूनी रुपलाई परी पालना नेपालको राजनितीले सुनिश्चितता गर्दै अगाडि नबढि हाम्रोको धारणालाई मात्र शिरोधार्य गर्दै राम्रो अवस्थालाई पछाडि धकेलिन्छ त्यस अवस्थासम्म नेपालको राजनितीलाई जनताबाट कुनै पनि हालतमा मान्यता प्राप्त गर्न दिने छैनन । किनकी चुनाव आएर खिचडी सरकार बन्छ । सधै भरी देशको लागि घातक रुपमा उभिरहेको हुन्छ ।

किनकी अहिेलेको परिप्रेक्षमा यदि देशलाई बिखण्डन नगर्ने र आर्थिक भार कम गर्ने हो भने सात प्रदेश किन । चाहियो ? आमजनताले यो बिषयमा राजनिती दलहरूमा बितृष्णाका भाकाहरू गुन्जाई रहेका छन ।
सफल राजनितीका लागि जनता प्रति उत्तर दायित्व वहन गर्नका लागि सहि नेताको छनोट भएर जनताले निर्वाचित गराएर पठाई रहने क्रम जारी छ । तर देश र जनताप्रतिको सेवा भावनाबाट अलग रहि पहिलो प्राथमिक आफ्नो स्वार्थ का सवालमा तल्लीन हुने र जनताका आवाजलाई देखावटि रुपमा झमेला पन्छाई दिने बिकास निर्माण गरेको तपाई हामि सबैको सामू साझा चौतारी बनिरहेको छ ।

जनताका लागि राजनितीदलहरूले हरेक तवरले न्यायोचित सफलता खोई त दिई रहेको ? भन्ने प्रश्न चुलो चौकामा समेत जनताका मुखारवृन्दवाट यो आवाज पनि हर किसिमका प्रश्नहरूमा गुन्जिरहेको छ । जनताका लागी ढाट छलकपट अनेक आश्वासन दिई आफनो वुद्धी मानिलाई अग्रसरता चनाखिलो बनाई जनतालाई बिश्वास दिलाई लगिएका प्रश्नको सहि उत्तर प्राप्त गरी जनतासामु उदारवादी नीति छर्लङ्ग आज सम्म कुनै पनि नेताबाट नपाईनु हामि जनताको ठूलो अभाग भन्न कुनै सङकोच मान्नु पर्ने अवस्था नै रहेको छैन । प्रत्येक पाँच पाँच वर्षमा निर्वाचन हुन्छ । जनताले आफ्नो स्व इच्छाले मन पर्ने नेतालाई चुनेर पठाउछौ र देश र जनताकालागि आवश्यक नेता पाइयो भन्ने आँकडा सोचि आवश्यक अनुसार आ आफ्ना भनाइका प्रश्नहरू खडा गरी रहेको हुनेछन र समय वेतित हुदै गै रहेको हुन्छ । तर जव जनताका आवश्यकता प्रति सोचनिय अवस्थालाई ख्याल नगरी मुखुन्डो धारणगरी जनतालाई अनेक वहाना गरी टार्नै र टराउने प्रवृत्तिको जव सम्म अन्त्य हुदैन तव सम्म नेपाल र नेपाली प्रती सदभाव कायम रहनै छैन भन्ने आम जनताको स्पष्ट धारणा आईरहेकोले नेताबाट आगामि मंसिरमा अव जनताका सामू कसरी ? कस्ता ? कस्का लागि ? कस्तो किसिमबाट ? के गरेर ? किन पठाउने ? आदि इत्यादि प्रवृत्तिका बिचारलाई जनताले पूर्णपाठ पढि सकेका छौ भन्ने सोचमा रहेको अवस्थालाई मध्यनजर गरी देशको जिम्मेवार ठूलो राजनितीदल नेपाली काङ्ग्रेसले अगाडी बढनु पर्छ र राष्ट्रलाई घात गर्न नदेउ ,राष्ट्रलाई स्वाभिमान वनेर देखाउ,शहिदका सपनालाई साकार तुल्याउ भन्ने जनतनको उदगार आवाजलाई शिरोधार्य गर्नु नै नेपाली काङ्ग्रेसको आजको आवश्यकता रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *