प्रमोद खरेल र ममताको तप तप आँशुुमा कमल र ललनाको अभिनय

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ ।

नविन कार्कीको संगीत रहेको छ । विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटक झैँ हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरिन् ।

आफूलाई भन्दा बढी माया दिएकी प्रेमीकाले विशेष परिस्थितिका कारण धोका दिएर टाढिँदाको पललाई पछिल्लो पुस्ताका चर्चित निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गरेका छन् । कोरियोग्राफीमा समेत राम्रो दक्खल राख्ने निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको मन छुने बताए ।

गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ । गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिए, लगायतका गीतहरु यसअघि नै बजारमा आइसकेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *