शुभकामना साकोसले १५ प्रतिशत लाभांश


शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका सल्लाहकार एवं पूर्व लेखा समिति सदस्य तथा संस्थापक र जेष्ठ सदस्य बेलभक्त कोजुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै प्रमुख अतिथि कोजुले संस्था स्थापनाकालको संघर्षलाई स्मरण गर्दै हालको सफलताप्रति खुशी गरे । आगामी दिनमा थप सफलताको कामना व्यक्त गरे ।
सभाका विशेष अतिथि राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बि.उप्रेतीले हाल सहकारी क्षेत्रमा नीति र विधि अन्तरर्ग सञ्चालित सहकारीहरुमा कुनै समस्या नरहेको तथा व्यक्तिगत मनोमानी तरिकाबाट सञ्चालित सहकारीहरुमा समस्याहरु आइरहेकोले चनाखो भएर अगाडी बढ्नु पर्ने धारणा राखे ।सभाले आ.ब.२०७८।०७९ को शेयर लाभांष १५ प्रतिशत बितरण प्रस्ताव पास गर्नुका साथै संस्थाका सचिव पुष्पलाल तिमिलाद्वारा प्रस्तुत गर्नु भएको आ.ब.२०७८।०७९ का बिभिन्न कार्यक्रमहरु तथा आगामी बर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष बलराम जु श्रेष्ठद्वारा प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र आगामी बर्षको अनुमानित बजेट पारित गरेको छ
सभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का संचालक जनक खत्री, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक श्री बालमुुकुन्द उपाध्याय ज्यूले शुभकामना मन्तव्य राखेका थिए ।
सभाकै अवसरमा आ.व.का उत्कृष्ट बचतकर्ता, असल ऋणी, कक्षा ८, एसईई र १२ कक्षा उत्तीर्ण, बालबचतकर्ता तथा जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै पुरस्कृत गरिएको थियो । संस्थापक अध्यक्ष स्व. कृष्णप्रसाद सुवालको तस्वीरमा माल्यार्पण गरी आ.ब.२०७८÷०७९ मा दिवंगत भएका सदस्यहरुको सम्झनामा मौन धारण गरिएको सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले उपसिथति सबैलाई स्वागत गरेकी थिइन् । संस्था एशियाली ऋण महासंघ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित संस्था हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *