श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।  आइ.पी.ओ.मा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा एक हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।
 
श्रीजनशीलले १५ भदौदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्रीजनशील लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *