सामूहिक साकोसको २४औँ वार्षिक साधारणसभा सम्पन्न


सामुहिक बचत तथा ऋण सहकारी संघको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्था अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सामूहिक साकोसको २४ओै वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा भक्तपुर जिल्ला सहकारी संघ लि., भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., भ.न.पा ३ नं वडाध्यक्षको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक कृष्णश्वरी प्रजापतिले सहकारी संस्थाले आर्थिक कारोवार मात्र नभई महिलाहरुका लागि सीपमूलक कार्यक्रम गरी व्यवसायिक बनाउने तर्फ पनि सहकारीको महत्वपूर्ण भूमिका निर्वाह गरेको हुने उल्लेख गरिन् । त्यसैगरी जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष कृष्ण बहादुर घजुले अहिले जति पनि संस्थाहरु बचत फिर्ता दिन नसकेर समस्यामा आएका संस्थाहरु छन् ती धेरैजसो समुदायमा आधारित नभउका तथा सुुशासनमा नचलेका संस्था भएको बताए । समुदायमा आधारित संस्थामा त्यस्तो समस्या नरहने र आफूले बचत गरेको संस्थाको जानकारी पाउनका लागि सदस्य पनि सक्रिय भई संस्थाको कार्यक्रमहरुमा सहभागि हुनैपर्ने बताए । त्यस्तै भ.न.पा. ३ का वडाध्यक्षले सहकारी संस्थाहरुले सदस्यलाई सहकारी शिक्षा दिनुपर्ने र सदस्यको बचत सुरक्षित गर्न सक्नुपर्ने जनाए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजाभाइ भेलेले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
कार्यक्रममा आ.व. २०७८।०७९ का उत्कृष्ट बचत कर्ता रामहरि श्रेष्ठ, असल ऋणी किशोर तखाछें र उत्कृष्ट कर्मचारी गिता गलजुलाई पनि सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका अतिथीहरुलाई मायाको चिनो वितरण गर्दै धन्यबाद ज्ञापन सहित सभाध्यक्षले संस्थाको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको र संस्थाको २५औं वार्षिक उत्सवपश्चात् संस्थाको भवनबाट कारोबार गर्नका लागि तयारी भइरहेको जानकारी दिए । संस्था कोपोमिसमा पनि गई सकेको, हालैमात्र उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०७८ को घोषणा, उत्कृष्ट ब्यवस्थापक पुरस्कार २०७८, ६५औँ राष्ट्रिय सहकारी दिवसमा उत्कृट भएको हुँदा सवल पक्षहरु धेरै भएको यस संस्थामा सदस्यले ढुक्क भई बचत गर्न सकिने कुरामा सदस्य विश्वस्त हुन उनले अनुरोध गरे ।
२४औँ वार्षिक साधारण सभाको औपचारिक कार्यक्रम संस्थाका कर्मचारी विन्द्रा नायभाले र मुख्य सत्र संस्थाका सचिव कृष्णहरि सैँजुले संचालन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *