गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले साउन २६ गतेदेखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । 

यसमा यसै कम्पनीको इच्छुक संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *